Shikhar Insurance
National Life

गभर्नर अधिकारीको हस्ताक्षर भएको ५ सयको नोट पहिलोपल्ट बजारमा (विशेषताहरू)

सिंहदरबार संवाददाता
२०७८ पुष ९, शुक्रबार ११:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको ५ सय रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । केन्द्रीय बैंकले गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरसहितको नयाँ नोट बजारमा ल्याएको हो ।

गभर्नर अधिकारको हस्ताक्षर भएको ५ सयको नोट पहिलोपल्ट बजारमा आएको हो । यसअघि अधिकारीको हस्ताक्षरसहित ५ र १० रूपैयाँको नोट बजारमा आइसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापनका अनुसार साविककै आकारमा तथा रङमा, सङकेत नं छ ३८०००००१ देखि झ ४२९९९९९९ सम्मका ५ सय रुपैयाँ दरका नयाँ नोट चलनचल्नीमा ल्याइएको हो ।

सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ सय तुरुन्त पाइनेछ, भन्ने प्रतिज्ञामुलक वाक्याशं सहित देहाय बमोजिमका विशेषताहरु भएको नोट यही २०७८ पुस ९ गते देखि चलनचल्तीमा ल्याएको राष्ट्र बैंकले जनाएको छ ।

केके छ नोटमा ?

नोटको अग्र भागमा

१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको छ ।
२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।
३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा महा प्रसाद अधिकारीको दस्तखत रहेको छ ।
४ नोटको तल्लो भागमा बोर्डरमा नोटको सिरियल नम्बार नेपालीमा वि सं लेखिएको छ ।
५. ३.५ मि.मी चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षणको रहेको छ ।
६. सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार भित्र रङ परिवर्तन हुने (नोटलाई सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहेको
७. लालीगुराँस पानी छापको बायाँतर्फ फरक क्षमता भएको (दृष्टिविहिन) हरुले स्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेको ।

नोटको पृष्ठ भाग

१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।
२. नोटको मध्य भगमा पाटेबाघको चित्र रहेको छ ।
३. नोटको ताल्लो भागमा अंग्रेजीमा रुपिज फाइभ हन्ड्रेड लेखिएको छ ।
४. नोटको तल्ललो भागको बोर्डरमा नोटको सिरियल नम्बर अंग्रेजीमा २०२० ए डी लेखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्