काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा पोषकराज पौडेल नै प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा दोहोरिने भएका छन् । कम्पनीको सञ्चालक समितिले पौडेललाई अर्को कार्यकालका लागि म्याद थप गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल पुस मसान्तमा सकिँदैछ । सञ्चालक समितिको यो निर्णयलाई बीमा समितिले पनि स्वीकृत गरेपछि उनले सीईओमा निरन्तरता पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्