Shikhar Insurance
National Life

‘नेपालको सेयर बजार सिद्दिनुपर्छ भनेकै थिइनँ, अर्कै बुझेर प्रचार गरे, तोममोड पनि गरे’

सिंहदरबार संवाददाता
२०७८ पुष ८, बिहीबार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारलाई साम्राज्यवादको विस्तारित रूप भएको संज्ञा दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारबारे आफूले व्यक्त गरेको भन्दा भिन्न प्रचार गरेको स्पष्टोक्ति दिएका छन् । बिहीबार न्युज एजेन्सी नेपालसँग अन्तर्वार्ता दिँदै प्रचण्डले आफ्नो भनाइलाई थप परिष्कृत गर्दै पुँजीवादको नयाँ रूपबारे आफ्ना भनाइ अघि सारेको बताएका हुन् ।

“मैले नबुझेर त्यसो बोलेको होइन,” प्रचण्डले भनेका छन्, “अन्तर्राष्ट्रिय आर्थिक प्रवृत्ती के छ ? पुँजीवादले कस्तो प्रवृत्ती बनाइरहेको छ ? र, हामी समाजवादीले कस्तो प्रवृत्ती योजना वा व्याख्यातिर सोच्नुपर्छ भनेको हुँ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले यसो भनेका छन् (जस्ताको तस्तै),
“मैले नबुझेर त्यसो बोलेको होइन । अन्तर्राष्ट्रिय आर्थिक प्रवृत्ती के छ ? पुँजीवादले कस्तो प्रवृत्ती बनाइरहेको छ ? र, हामी समाजवादीले कस्तो प्रवृत्ती योजना वा व्याख्यातिर सोच्नुपर्छ भनेको हुँ ।

मानौं अहिलेको सरंचनामाथि हमाला गरेको हो भन्ने जस्तो गरी, बुझियो, प्रचार गरियो । धेरै जानीबुझी तोममोड पनि गरे ।

मेरो भनाइ त्यो होइन । म त अझै भन्छु, पुँजीवाद अहिले वित्तीय पुँजीवादको रूपमा देखिएको छ । नाफा कमाउनु उनीहरूको मुल ध्येय छ । पुँजीको लगानी उत्पादनमुलक भन्दा छिटो पैसा आउने क्षेत्रमा हुने गरेको छ । घरजग्गा किनबेच वा मुद्राबाट मुद्रा कमाउने, पैसाको लगानी पैसाको लागि गर्ने, उत्पादनका लागि नगर्ने प्रवृत्ती हाबी छ भनेको हुँ । नेपालको सेयर बजार सिद्दिनुपर्‍यो भन्न खोजेको हैन ।

म लगानीकर्ताको पक्षमा छु । मैले ठूलो सैद्धान्तिक बहस गर्न खोजेको हो । नेपालले कुन बाटो पक्रनुपर्ला भन्ने बहस उठाउन खोजेको हुँ । मैले कसैलाई घाटा पार्न भनेको हैन, कुरो योभन्दा ठूलो हो ।”

GBIME

प्रतिक्रिया दिनुहोस्