Shikhar Insurance
National Life

तरलता सहज भएपछि आयातको कडाइ खोलिने

सिंहदरबार संवाददाता
२०७८ पुष ७, बुधबार १५:४०
Hyundai
NCELL
NIMB

काठमाडौ । नेपाल राष्ट्र बैंकले अल्पकालीन रुपमात्रै आयातमा कडाइ गरिएको जानकारी दिएको छ ।

आयात अत्यधिक बढेपछि विदेशी संचितिमा चाप परेको हुँदा केही बस्तुको आयात कडाइ गरिएको राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

´केही वस्तुको आयातमा शत प्रतिशत मर्जिन राखिएको छ, यो सधैंलाइ होइन । अवस्था सहज भएपछी कडाइ खुला हुन्छ,´ नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारहरुसंग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममा उनले भने ।

राष्ट्र बैंकले १८ वटा वस्तु आयातमा सतप्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गरेको छ भने विद्युतीय बाहेक सवारी आयातमा ५० प्रतिशत मार्जिन राख्नु पर्ने भनेको छ ।

सो व्यवस्थाका कारण पहिलो चरणमा आयातमा आधारित उधोग बन्द हुने र रोजगारी कटौती हुन सक्ने उनको भनाइ छ । तर, दीर्घकालीन रुपमा भने आन्तरिक उत्पादनमा आधारित उधोगहरु स्थापना भइ दिगो रोजगारी सृजनामा मदत पुग्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्