Shikhar Insurance
National Life

चन्द्रागिरी हिल्सले यो वर्षपनि दिएन लगानीकर्तालाई प्रतिफल

सिंहदरबार संवाददाता
२०७८ पुष ७, बुधबार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । चन्द्रागिरी हिल्सले लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले यही पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । तर, कम्पनी गत आर्थिक वर्ष सञ्चित घाटामा गएपछि लगानीकर्तालाई लाभांश वितरणको प्रस्ताव बिनानै साधारण सभा गर्न लागेको हो । सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज हुनेछ ।

अघिल्लो आवमा समेत कम्पनी घाटामै रहेको हुँदा गत आवमा लगानीकर्ताले लगानीको प्रतिफल पाएका थिएनन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनी आर्थिक वर्ष २०७६।७७ मा १० करोड ६६ लाख रुपैयाँ नोक्सानीमा थियो । तर आव २०७७।७८ को अन्तिममा आईपुग्दा कम्पनीको सञ्चालन नोक्सानी १४ करोड ७२ लाख रुपैयाँले बढेर २५ करोड ३८ लाख रुपैयाँ पुगेको हो ।

कम्पनीले साधारण सभामा प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पेश हुने, गत आवको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफलका साथै वार्षिक प्रतिवेदन पेश हुनेछ । साथै, सभामार्फत सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञचालक नियुक्ति हुने उल्लेख छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्