Shikhar Insurance
National Life

मःम, चाउमिनकोे मूल्य २० प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०७८ पुष ५, सोमबार ११:२४
Hyundai
NCELL
NIMB

बागलुङ । रेष्टुराँ व्यवसायीले मःम चाउमिनको मूल्य बढाएका छन् । बागलुङका रेष्टुराँ व्यवसायीहरुले आजैदेखि लागू हुनेगरी मःम चाउमिनको मूल्य २० प्रतिशतसम्मले बढाएका हुन् ।

भेज, बफ मःम एक प्लेटको नयाँ मूल्य एक सय २० रुपैयाँ र चिकेन मःमको एक सय ४० रुपैयाँ तोकिएको छ । यसअघि भेज र बफ मःम प्रतिप्लेटको मूल्य एक सय रुपैयाँ थियो । चिकेन मःमको एक सय २० रुपैयाँ थियो । यस्तै भेज चाउमिन एक प्लेटको एक सय २० रुपैयाँ, बफको एक सय ५० रुपैयाँ र चिकेनको एक सय ७० रुपैयाँ दररेट कामय गरिएको छ ।
भेज चाउमिन आधा प्लेटको ६०, रुपैयाँ बफको ९० रुपैयाँ र चिकेनको एक सय रुपैयाँ मूल्य राखिएको छ । व्यवसायीले पाँच वर्षको अन्तरमा मःम र चाउमिनको मूल्य बढाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हालै सम्पन्न रेष्टुराँ व्यवसायीहरुको बैठकले मःम र चाउमिनमा नयाँ दररेट कायम गर्ने निर्णय गरेको थियो । खाद्यवस्तु, इन्धनलगायतको बजार भाउ बढेको जनाउँदै बागलुङका खाद्य परिकारमा मूल्य समायोजन गरिएको रेष्टुराँ व्यवसायीहरु बताउँछन् ।

“बजारमा सबैथोकको मूल्य बढेकाले रेष्टराँमा पनि त्यसको प्रभाव परेको हो, यो व्यवसायीको बाध्यता हो” बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले भने ।

उनकाअनुसार रेष्टुराँमा बढी चल्ने मःम र चाउमिनमा मात्रै मूल्य थप गरिएको हो । अन्य परिकारको दररेट भने पुरानै यथावत छ । नयाँ दररेट आजैदेखि लागू भएको सङ्घले जनाएको छ ।

“पाँच/छ वर्ष भइसकेको थियो मूल्य नबढेको, रेष्टुराँ व्यवसायीहरुको माग अनुसार मूल्य समायोजन गरिएको हो”, उनले भने ।

बजारमा ग्यास, तरकारीदेखि दैनिक उपभोग्य वस्तुको मूल्य वर्षेनी बढ्दो छ । सङ्घको तथ्याङ्कअनुसार जिल्लाभर दुई सयभन्दा बढी रेष्टुराँ छन् । यसमा करोडौँमा लगानी छ भने सयौँले रोजगारी पाएका छन् ।
शहरी क्षेत्रमा रेष्टुराँ संस्कृति बढेसँगै स्तरीय रेष्टुराँ खुल्ने क्रम पनि उत्तिकै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्