Shikhar Insurance
National Life

उत्तर कोरियामा ११ दिनसम्म हास्न र रुन नपाइने

सिंहदरबार संवाददाता
२०७८ पुष ५, सोमबार १०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई ११ दिनसम्म हास्न रोक लगाएको छ । उत्तर कोरियाका शासक किम जोङ उनका बुवा किम जोङ इलको १० औं पुण्य तिथिमा देशभर हास्न रोक लगाईएको हो ।
उत्तर कोरियाले देशमा ११ दिनसम्म शोक घोषणा गरेको छ । शुक्रबार ११ दिने शोक घोषणा गर्दै सो अवधीभर हास्न र किनमेल गर्न रोक लगाइएको हो । सरकारी समाचार संस्था केसीएनए वाचका अनुसार स्वर्गिय नेता इलको सम्मानमा गाडी र रेलको हर्न समेत बजाउन पाइने छैन् ।

टेलिग्राफ युकेको रिपोर्ट अनुसार सो अवधीभर त्यहाँ कोहि हास्न, मनोरञ्जन गर्न र किनमेल गर्न पाउने छैनन् । नाम नबताउने शर्तमा एक नागरिकले ११ दिनसम्म आफन्तको मृत्यु भएमा पनि रुप नपाइने दुखेसो पोखेको बताइन्छ । कसैको जन्म भएमा पनि खुसी साटासाट गर्न पाइदैन् । डिसेम्बर १७ तारिख अपरान्ह देशमा साइरन बजान्छ र तीन मिनेट श्रद्धाञ्जली दिनुपर्छ । किम जोङ इलको सन २०११ डिसेम्बर १७ तारिखका दिन मृत्यु भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्