काठमाडौं । चिलीमा ३५ वर्षिय युवा राष्ट्रपति निर्वाचित भएका छन् । चिलीको बापमन्थी पार्टीका तर्फबाट ३५ वर्षिय गाब्रियल बोरिक राष्ट्रपति निर्वाचित भएका हुन् । उनले ५६ प्रतिशत मत ल्याएर दक्षिणपन्थी उम्मेदवार जोज एन्टोनियो कास्टलाई पराजित गरेका हुन् । बोरिक संसारकै कम उमेरका नेता तथा चिलीका सबै भन्दा कान्छा राष्ट्रपति बनेका छन् । उनी कहिल्यै सत्तामा नपुगेको बामपन्थी पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्