Shikhar Insurance
National Life

बागमति प्रदेशले रासायनिक मल उद्योग खोल्ने, अर्काे बर्ष उत्पादन थाल्ने मन्त्रीको घोषणा

सिंहदरबार संवाददाता
२०७८ पुष ४, आईतवार १०:३८
Hyundai
NCELL
NIMB

काभ्रे । वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएका छन् । उनले काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–४ मा नेकपा (एकीकृत समाजवादी)को वडा भेलालाई सम्बोधन गर्दै उनले मल उत्पादनका लागि दुई हप्ताभित्रै अध्ययन कमिटी बनाएर प्रशासनिक प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन् ।

“प्रदेशमै मल उत्पादन गर्न अबको १५ दिनभित्रै अध्ययन कमिटी बनाएर प्रक्रिया अघि बढाउछौँ, अर्को आर्थिक वर्षमा बजेट छुट्याएर मल उत्पादन थाल्नेछौँ, यो अभियान देशैभरि लगिनेछ”, उनले भने । उनले आउँदो आर्थिक वर्षको बजेटले मल उत्पादन थालिने भए पनि यही वर्षमै अध्ययन गरी सम्पूर्ण प्रशासनिक तयारी सक्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री हुमागाईँले मन्त्रालयले दुई हप्तामै स्वेतपत्र जारी गर्दै प्रदेशमा कृषि तथा पशुुपक्षी विकासका क्षेत्रमा अघि बढ्ने बताए । उनले भने, “कृषिलाई आधुनिकीकरण गर्नुछ, जनताको कृषिका माध्यमबाट कृषकको आर्थिकस्तर वृद्धि गर्नुपर्छ ।” उनले आफू पनि कृषिबाटै जनताको आर्थिकस्तर वृद्धि हुनुपर्ने विचारक भएको दाबी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मुकुन्द गौतम, जिल्ला सचिव दीपक गौतम, अखिल नेपाल महिला सङ्घ (एकीकृत समाजवादी) जिल्ला ध्यक्ष पासाङ डोल्मा तामाङलगायतले शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा मीनप्रसाद गौतमको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्