Shikhar Insurance
National Life

समाजवादी रौतहट–काठमाडौं सम्पर्क मञ्चको रक्तदान

सिंहदरबार संवाददाता
२०७८ पुष ३, शनिबार १५:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) को रौतहट–काठमाडौं सम्पर्क मञ्चले रक्तदान कार्यक्रम आयोजना गरेको छ । पार्टीको केन्द्रिय नीति अनुसार मञ्चले शनिबार राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । पार्टीको केन्द्रिय नीति अनुसार रचनात्मक कार्य अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गथरेको मञ्चका अध्यक्ष सचित कुइँकलले जानकारी दिए ।

रक्तदान कार्यक्रममा एकिकृत समाजवादी पार्टीको स्थायी कमिटी सदस्य तथा संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का, पोलिटब्युरो सदस्य तथा विद्यार्थी इञ्चार्ज राम कुमार भट्टराई, पोलिटब्युरो सदस्य तथा सम्पर्क विभागका इञ्चार्ज बिजय गुरुङ, पार्टीको रौतहट जिल्ला कमिटी अध्यक्ष कमल राय यादव लगायतको सहभागीता थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘रक्तदान कार्यक्रमले पार्टी गतिबिधी मात्रै होइन, समाज सेवाको काम पनि गर्छ, रगतको अभावमा छटपटाईरहेका बिरामीहरुको प्राण जोगाउन यसले सहयोग गर्छ, पार्टीले यस्ता कामहरुलाई निरन्तरता दिईरहनुपर्छ’, एकिकृत समाजवादी स्थायी कमिटी सदस्य कल्याणी खड्काले भनिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्