Shikhar Insurance
National Life

राष्ट्र बैंकमा विभागीय बिग मर्जर, विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण एक हुँदै

सिंहदरबार संवाददाता
२०७८ पुष ३, शनिबार ०७:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन बिग मर्जरको रणनीति अपनाएको नेपाल राष्ट्र बैंक आफ्नै विभागीय संरचना मर्जर गर्दैछ । राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग मर्जर गर्ने भएको हो ।

यसका लागि राष्ट्र बैंक संस्थागत योजना विभागले सर्भे गरिसकेको छ । अहिले सर्भे रिपोर्ट अहिले अध्ययनको क्रममा छ । अध्ययनले देखाएको विषय बोर्डले पास गरेपछि २ विभाग मर्जर भइ नयाँ विभाग खडा गरिने राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘संस्थागत योजना विभागले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग मर्जर गरी बनाइने विभागको खाका तयार गरिसकेको छ,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो, ‘यसको नाम लगायत अन्य कर्मचारी संरचनाको विषयमा थप छलफल बाँकी छ ।’

विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या क्रमिक रुपले घटेपछि सुपरिवेक्षणलाई मर्जर गर्न लागिएको उनले जानकारी दिए ।

‘सबै काम समयमै सकिए यही माघ १ गतेदेखि वित्तीय संस्था सुपरिवेक्षणको नाममा नयाँ विभाग सुरु हुन सक्छ,’ स्रोतले भन्यो, ‘पहिले पनि राष्ट्र बैंकमा विकास बैंक र फाइनान्स कम्पनी एकै विभागले हेथ्र्यो, पछि संस्थाको संख्या बढेपछि विभाग छुट्याइएको हो ।’

अहिले विकास बैंक र फाइनान्स कम्पनीहरुको संख्या घटेपछि पुन विभागिय मर्जर गर्न लागिएको उनको भनाइ छ ।

२०७१ असार मसान्तसम्म ८४ वटा विकास बैंक र ५३ वटा फाइनान्स कम्पनी सञ्चालनमा थिए । पुँजी वृद्धि नीतिमा यी बैंक तथा वित्त कम्पनीहरु मर्जर तथा प्राप्तिमा सामेल भएर अहिले १७ वटा फाइनान्स कम्पनी र १८ वटा विकास बैंकमा सीमित भइसकेका छन् ।

‘सुपरिवेक्षण गरिनु पर्ने संस्था नै ५ गुणाले घटेको छ,’ उनले भने, ‘ठुलो संख्यामा रहेका बैंक र फाइनान्स कम्पनीलाई निगरानी गर्न खडा गरिएको विभागमा अहिले काम नै नगन्य मात्रामा छ । त्यसैले सुपरिवेक्षण् गरिनु पर्ने संस्थाको संख्या मुल्यांकन गरी मर्जर प्रक्रिया अघि बढाइएको हो ।’

विभागीय मर्जर पछि विकास बैंक र फाइनान्स कम्पनी निगरानी एउटै विभागको निगरानीमा हुनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्