Pकाठमाडौं । पछिल्लो समय अधिकांश बैंकहरुले कर्जा सेवा स्थगित गरेका छन् । कर्जाको मागअनुसार स्रोत संकलन गरी तोकिएको सीडी रेसियो व्यवस्थापन गर्न नसक्दा बैंकहरुले कर्जा स्थगन गर्नु परेको हो ।
तरलता चाप कै कारणले गर्दा बैंकहरुले आवश्यकता अनुसार निक्षेप संकलन गर्न नसकेका हुन् । तर, यस्तो संकटबीचमा पनि ९ वटा वाणिज्य बैंकहरु भने ऋणीलाई कर्जा दिन सक्ने अवस्थामा रहेको देखिन्छ । जसमा एनआइसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल बंगलादेश, राष्ट्रिय वाणिज्य, सिद्धार्थ, सानिमा, एभरेष्ट, प्रभु र नबिल बैंक हुन् ।
मंसिर २७ गतेसम्मको तथ्यांकअनुसार १८ वटा वाणिज्य बैंक भने तोकिएको सीडी रेसियो कट्दा थप कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ९० प्रतिशतको सीडी रेसियो लागु गरेको छ । सीडी रेसियोमा बैंकहरुले निक्षेप, वैदेशिक ऋण, रिफाइनान्स र ऋणपत्र गणनामा गर्न पाउँछन् । तर, सीडी व्यवस्थापनको प्रमुख कारक भनेकै निक्षेपकर्ताबाट संकलित निक्षेप नै हो । निक्षेपकर्तासँग आवश्यकता मात्रामा निक्षेप संकलन गर्न नसक्ने बैंकहरुको नै सीडी रेसियो सीमाभन्दा माथि पुगेको नेपाल राष्ट्र बैंकमा प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।
‘अहिले आफूसँग स्रोत छ भने कर्जा दिने भए, स्रोत नभएको बैंकहरुले त कर्जा दिन सकिरहेका छैनन् भन्ने बुझिएको छ, ‘बैंकहरुले केही मात्रामा वैकल्पिक स्रोत प्रयोग गरेर कर्जा दिन सक्छन् तर, उनीहरुको मुख्य स्रोत भनेकै निक्षेप हो ।’
सीडी रेसियो गणना विधि अनुसार स्रोत संकलन गर्न नसक्ने १८ वटा वाणिज्य बैंकहरुलाई थप कर्जा प्रवाह गर्न समस्या भएको हो ।
मंसिर २७ गतेसम्म ९ वटा वाणिज्य बैंकको सीडी ९० माथि ९३ प्रतिशतसम्म, ८ वटा बैंकको ९३ देखि माथि छ ।
सो समयसम्म लक्ष्मी, सनराइज, माछापुच्छ्रे, एनएमबि, सेञ्चुरी, हिमालयन, बैंक अफ काठमाण्डू, सिटिजन्स र सिभिल बैंकको सीडी रेसियो ९० देखि ९२ प्रतिशतसम्म छ ।
यस्तै, नेपाल बैंक, ग्लोबल आईएमई, मेगा, कुमारी, प्राइम, एनसीसी, नेपाल इनभेष्टमेन्ट, नेपाल एसबीआई र कृषि विकास बैंकको सीडी रेसियो ९३ प्रतिशतभन्दा माथि छ । पर्याप्त मात्रामा निक्षेप संकलन नगरी कर्जा प्रवाह गर्ने यी वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत माथि पुगेको हो । यी बैंकहरुले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्न वा अत्यावश्यक कर्जा प्रवाह गर्दा सीडी रेसियो थप सीमा नाघेको प्रवक्ता भट्टको भनाइ छ ।
निक्षेपकर्तामार्फत् स्रोत व्यवस्थापन गर्न नसक्ने यी बैंकहरुले वैकल्पिक स्रोत प्रयोग गरी कर्जा प्रवाह गरेको हुन् । निक्षेपकर्तासँग निक्षेप संकलन गर्न नसक्ने बैंकहरुले खुद तरलता अनुपात (नेट एलडी रेसियो) व्यवस्थापन बाहेकका रकमबाट समेत कर्जा दिन सक्ने भट्टले जानकारी दिए ।
नेट एलडी रेसियो २० प्रतिशतभन्दा माथि भएका बैंकहरुले सोबाट समेत कर्जा दिन सक्छन् । अहिले अधिकांश वाणिज्य बैंकहरुको यो रेसियो सीमाभन्दा माथि नै छ ।
‘नेट एलडी रेसियो माथि भएका बैंकहरुले त्यबाट पनि कर्जा थप गर्न सक्छन् । बैंकहरुमा डिपोजिट ठप्पै भएको भएको भने होइन, केही मात्रामा रेमिट्यान्सको पैसा आइरहेको छ, त्यसबाट संकलित निक्षेपबाट कर्जा दिइरहेका छन् । यद्यपि बैंकहरुलाई कर्जा दिन भने सकस भइरहेकै हो,’ उनले भने ।
बैंकहरुले क्षेत्रगत रुपमा कर्जा स्थगन आधिकारिक रुपमा गरेका छैनन् । तर, राष्ट्र बैंकले ताकेको प्राथमिकता प्राप्त क्षेत्र बाहेक आयात र अनुत्पादक क्षेत्रमा जाने कर्जा भने अहिले रोकेको उनको भनाइ छ ।
कर्जाको माग अनुसार स्रोत व्यवस्थापन गर्ने नसक्ने १८ वटा वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) सीमा माथि पुगेको छ । स्रोत संकलनमा वैकल्पिक बाटो खोज्दै बैंकहरुले कर्जा प्रवाह गर्दा यी बैंकहरुको सीडी रेसियो सीमाभन्दा माथि पुगेको हो ।
सिंहदरबारलाई प्राप्त तथ्यांकअनुसार मंसिरको २७ गतेसम्म १८ वटा वाणिज्य बैंकको सीडी रेसियो ९० प्रतिशत माथि छ । यो अवधिमा ९ वटा वाणिज्य बैंकले मात्र तोकिएको सीमा कायम गरी व्यवसाय गरेका हुन् ।
कुन बैंकको कति ?
प्रतिक्रिया दिनुहोस्