Shikhar Insurance
National Life

वायु सेवा सञ्चालक संघको अध्यक्षमा सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापा चयन

सिंहदरबार संवाददाता
२०७८ पुष २, शुक्रबार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । वायु सेवा सञ्चालक संघको अध्यक्षमा सिम्रिक एयरका कार्यकारी अध्यक्ष क्याप्टेन रामेश्वर थापा चयन भएका छन् । संघको २१औं वार्षिक साधारणसभाले थापालाई आगामी २ वर्षको लागि अध्यक्ष चयन गरेको हो ।
थापाको अध्यक्षतामा संघको वार्षिक साधारणसभाले नयाँ कार्यसमिति समेत गठन भएको छ ।

संघका नव नियुक्त अध्यक्ष थापाको आफ्नो कार्यकालमा वायुसेवाको सुरक्षास्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सूदृढीकरणलाई बढी भन्दा बढी विश्वासिलो बनाउँदै जाने प्रतिवद्धता जाहेर गरे । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणसंग हातेमालो गर्दै नेपाली हवाई उद्योगमा हाल कायम रहेका विभिन्न समस्याहरुलाई निराकरण गर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हवाई संचालन उद्योग कोभिड महामारीको चपेटामा परी उठ्न नसक्ने गरी अप्ठेरोमा परेको र विगत १ वर्ष देखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झनै कठिनाई थपिदै गएको उनले जानकारी गराए । हाल अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमन नै वन्द भई उड्डयन क्षेत्र शिथिल भई रहेको अवस्थामा पुनः ओमनीकोन भाईरसको प्रभावमा परि अझै अप्ठेरा दिन आउन सक्ने उनको अनुमान छ ।

विमानस्थलहरुमा चराचुरुङ्गी एवं जनावरहरुको उपस्थितिले हवाई सुरक्षाका चुनौती बढेको घट्नाहरु समेत वढी रहेको र कमशः विमानहरु भूमिस्थ भई रहेका छन् । यसरी विमान भूमिस्थ हुँदा अपरेशन आम्दानी पनि घटी रहेको छ । त्यसकारण हवाई सुरक्षाका यी विषयमा सरकार एवं नेपाल नागरिक उड्डयन प्राधिकरणले समस्या न्यूनिकरण तर्फ ध्यानदिनु पर्ने उनले बताए ।

कार्यक्रममा वायुसेवा कम्पनीहरुको अध्यक्ष, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत, कार्यकारी प्रमुख तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो । वार्षिक साधारणसभामा महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पेश गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्