Skip to content
Shikhar Insurance
National Life

नेप्से साताभर ७३ अंकले घट्दा लगानीकर्ताले १ खर्ब बढी गुमाए

Hyundai
NCELL
NIMB

काठमाडौँ । सेयर बजार ओरालो लाग्ने क्रमले पछिल्लो साता पनि निरन्तरता पाएको छ । आइतबारदेखि बिहीबारको अवधिमा सेयर बजार मापक नेप्से परिसूचक ७३ अंकले घटेको हो ।

आइतबार बिहान २४४९.९७ अंकबाट सुरू भएको नेप्से परिसूचक बिहीबार कारोबार बन्द हुँदा २३७६.७४ अंक कायम भएको हो । यो साता सेयर बजारमैत्री समाचार नआउँदा लगानीकर्ता मनोवल निकै घटेको पाइयो ।

एक दिन सकारात्मक (पोजिटिभ) सर्किट लागेको भएपनि  बाँकी चार वटै कारोबार दिनमा नेप्से ऋणात्मक हुँदा सेयर बजारले सुधारको दिशा लिन सकेन ।

मध्यसाता अर्थात् मंगलबार नेप्सेमा सर्किट लागेर बन्द भएको थियो । त्यसअघि नेप्से २ दिनमै १ सय ६७ अंकले घटिसकेको थियो । पछिल्लो २ दिनको कारोबारमा नेप्से घट्यो र अन्ततः साताभर ७३.२३ अंकले ऋणात्मक रह्यो ।

नेप्से घट्नुको कारण कारोबारमा आएका प्रायः कम्पनीको सेयर मूल्य घट्नु हो । समूहगत उपसूचकतर्फ कुनै पनि समूह बढ्न सकेनन् ।

नेप्से २.९८ प्रतिशतले घट्दा विकास बैंक समूहमा सर्वाधिक गिरावट आयो । विकास बैंक समूहको उपसूचक ५.७ प्रतिशतले घटेर ४१४१.८२ अंकमा आइपुगेको छ ।

समूहगत उपसूचकतर्फ निर्जीवन बीमा समूह सर्वाधिक ६२८ अंकले ओरालो लागेको छ । यसैगरी बैंकिङ समूह २४.९७ अंक, होटल समूह ६८.४ अंक, अन्य समूह ६०.९४ अंक, जलविद्युत समूह १०६.९४ अंक, विकास बैंक समूह २५४.१८ अंक, उत्पादनमुलक समूह १३१.२४ अंक, वित्त समूह ५१.६ अंक, ट्रेडिङ समूह १४३.४७ अंक, लघुवित्त समूह १७६.२९ अंक, जीवन बीमा समूह ५७८.४४ अंक, म्युचल फन्ड समूह ०.१२ अंक र लगानी समूह २.२७ अंकले घटेका छन् ।

यो बिचमा नेप्से बुधबार २४९३.०७ को माथिल्लो विन्दूमा पुगेको थियो भने सोमबार तल्लो बिन्दु २२५९.५१ अंकसम्म झरेको थियो ।

नेप्से भारी अंकले घट्दा सेयर बजारमा लगानीकर्ताले १ खर्ब रूपैयाँ भन्दा बढी पुँजी गुमाएका छन् । नेप्सेका अनुसार यसबीचमा लगानीकर्ताको सम्पत्ति १ खर्ब २ अर्ब रूपैयाँले घटेको हो । गत बिहीबार ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख रहेको बजार पुँजीकरणा यो बिहिबार ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाख कायम भएको हो ।

साताभर १६ अर्ब ११ करोड रूपैयाँको सेयर किनबेच भएका छन् । नेप्सेका अनुसार साताभर २ लाख ५२ हजार कारोबारमार्फत् ३ करोड ६४ लाख ८४ कित्ता सेयर सो मूल्यमा किनबेच भएका हुन् ।

नेप्सेका अनुसार सबैभन्दा बढी सेयर किनबेच बुधबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्