Skip to content
Shikhar Insurance
National Life

सीडी रेसियोमा थप कडाई, अब मासिक रुपमा अनुगमन हुने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पालनामा कडाई गरेको छ । केन्द्रीय बैंकले अबदेखि सीडी रेसियो ९० प्रतिशतभन्दा माथि कटाउने बैंकको मासिक रुपमा अनुगमन गर्ने भएको हो ।

राष्ट्र बैंकले यसअघि नै २०७९ असार मसान्तसम्म ९० प्रतिशत सीडी रेसियो कायम गर्न भनेपनि हाललाई सीमा कटाएर व्यवसाय गर्न पाउने सहुलियत दिएको छ । तर, बैंकहरुले निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्दै सीडी रेसियोलाई सीमा भित्र ल्याउन कार्ययोजना पेश गर्न राष्ट्र बैंकको निर्देशन हो ।

जसमा राष्ट्र बैंकले कडाई गर्दै २०७९ असार मसान्तसम्ममा अनुपातलाई निर्धारित सीमा भित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंकसमक्ष पेश गरी सोको कार्यान्वयन गर्नु लिखित निर्देशन दिएको छ । सीडी रेसियो सीमामा ल्याउन बैंकले पेश गरेको कार्ययोजना अनुसार काम भए/नभएको राष्ट्र बैंकले मासिक रुपमा नै अनुगमन गर्ने भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्