Skip to content
Shikhar Insurance
National Life

नेपाल उद्योग बाणिज्य महासंघमा महिला उपाध्यक्ष अनिवार्य, अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघमा अब महिला उपाध्यक्ष अनिवार्य हुने भएको छ । सातौं बिधान संसोधन समितिले महिला उपाध्यक्ष अनिवार्य निर्वाचित गराउने प्रस्ताव पेश गरेको हो । पूर्व अध्यक्ष कुश कुमार जोशी नेतृत्वको मस्यौदा समितिले ११ महिनाको कसरतपछि अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन गराउने र महिला उपाध्यक्ष अनिवार्य हुने प्रस्ताव पेश गरेको हो । हालका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल भने स्वतः अध्यक्ष हुनेछन् ।

महासंघको कोषको जिम्मेवारी हेर्ने गरि नयाँ उपाध्यक्ष पनि छानिने छ । मस्यौदामा अध्यक्षको कार्यकाल पनि ३ वर्षबाट घटाएर २ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा सभापति जोशी र समितिका सह–सभापति एवं महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारकाले विधानमा समेटिएका प्रावधानका वारेमा जानकारी गराएका थिए भने महासंघका अध्यक्ष गोल्छाले स्वागत र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले धन्यवाद मन्तव्य राखेका थिए ।

कार्यक्रममा समितिका सदस्यहरू क्रमशः पूर्व उपाध्यक्ष किशोर कुमार प्रधान, कार्यकारिणी समिति सदस्य डि.वि. बस्नेत, पूर्व कार्यकारिणी समिति सदस्यहरू अशोककुमार तोदी, सुनिल गोपाल श्रेष्ठ, सुनसरी उवासंघका पूर्व अध्यक्ष सरोज श्रेष्ठ, समितिका कानून विज्ञ डा. रूद्र शर्माको उपस्थिति थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुुकुुन्तलाल हिराचनको उपस्थिति थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE