Shikhar Insurance
National Life

अन्तिम कारोबार दिन ३८ अंकले घट्यो बजार

सिंहदरबार संवाददाता
२०७८ पुष १, बिहीबार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहिबार)  सेयर बजारमा गिरावट आएको छ । आज बजार मापक नेप्से परिसूचक ३७.८७ अंकले घटेको हो ।

योसँगै नेप्से २३७६.७४ बिन्दूमा कायम भएको हो । मौन्द्रिक नीति समिक्षा पश्चात लगातार घटिरहेको बजार यहि साताको मंगलबार ६.५ प्रतिशत बढेसँगै पुनः बजार ओरालो लागेको छ । हिजो (बुधबार)  पुनः ४.२३ अंकले घटेर बन्द भएको बजारमा आज पनि गिरावटले निरन्तरता पाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज कारोबारमा आएका १८९ कम्पनीसहित २२४ स्क्रिप्टको ५३ लाख ७९ हजार ८ सय ६० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३० करोड १७ लाख ५१ हजार बराबरको कारोबार भएको छ । घटेको बजारमा पनि नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा भने सकरात्मक सर्किट लागेको छ ।

यो दिन एनबीबीको सेयर मूल्यमा सर्किट लागेर ३२ रुपैयाँ बढेसँगै यसको प्रतिकित्ता सेयर मूल्य ३ सय ५४ रुपैयाँ ६० पैसा कायम भएको छ । त्यसैगरी यो दिन म्युच्युअल फण्ड बाहेकका सबै उपसूचकमा गिरावट आएको छ । म्युच्युअल फण्ड भने ०.५७ प्रतिशतले बढेको हो ।

सार्वधिक नाफा कमाएका पाँच कम्पनी यो दिन सबैभन्दा बढि नाफा कमाउने कम्पनी एनबिबि रहेसँगै त्यसपछि स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले बढी नाफा कमाएका छन् । स्वाभिमानको सेयर मूल्य आज ५.३५ प्रतिशतले बढेको हो ।

त्यसैरी, माउन्टेन इनर्जी नेपालको ४.०३, कर्पाेरेट डेभलपमेण्ट बैंकको ४.०१, मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको ४ प्रतिशत र गोर्खाज फाइनान्सको सेयर मूल्यमा ३.९९ प्रतिशतको वृद्धि भएको छ । यद्यपी यो दिन सार्वधिक रकमको कारोबार भने प्रभु बैंकको रहेको छ ।

यो दिन प्रभुको ९ करोड ४३ लाख ८६ हजार बराबरको कारोबार भएको हो । त्यसैगरि यो दिन नेपाल बंगलादेशको ७ अर्ब, समृद्धि फाइनान्सको ६ अर्ब ९५ करोड, अपि पावरको ६ अर्ब ८७ करोड, नेशनल हाईड्रोपावरको सवा ६ करोड र मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक र नविल बैंकको ६ अर्ब भन्दा बढीको कारोबार भएको छ । भने, अन्य कम्पनीको कारोबार रकम क्रमश घट्दै गइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्