Shikhar Insurance
National Life

अन्तत बढेन बैंकको ब्याजदर, यस्तो छ पुस महिनाको दर

सिंहदरबार संवाददाता
२०७८ पुष १, बिहीबार १२:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष लागेसँगै शुरु भएको तरलता चापमा बैंकहरुले निक्षेपकर्ता लोभ्याउन ब्याजदर युद्ध नै गरिरहेका थिए । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले पछिल्लो महिनामा लागू हुने ब्याजदर अघिल्लो महिना मै प्रकाशित गर्नु पर्ने हुन्छ ।

हरेक महिनाको मसान्तमा पछिल्लो महिनाको १ गतेदेखि लागू हुने ब्याजदर प्रकाशित गर्न तप्तर रहने बैंकहरु यस पटक मौन बसे । कारण हो, ब्याजदर युद्धमा निक्षेप नबढनु । कर्जाको माग अनुसार स्रोत व्यवस्थापन गर्न बैंकहरु कार्तिक महिनामा निक्षेपको ब्याजदर बढाएर १२ प्रतिशतसम्म पुर्याएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्तिक महिनाको ब्याजदर युद्धमा बैंकहरुको निक्षेप थप हुनुभन्दा घटेको थियो । असोज महिनामा संकलित निक्षेप कार्तिक मसान्तमा आइपुग्दा वाणिज्य बैंकहरुको ४६ अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । कार्तिक १ गते ४२ खर्ब ६८ अर्ब ३१ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप कार्तिक मसान्तमा आइपुग्दा ४२ खर्ब २५ अर्ब ७१ करोड रुपैयाँमा झरेको थियो ।

अघिल्लो महिनासम्म निक्षेपको खोसातानीका लागि ब्याजदर बढाइरहेका बैंक तथा वित्त कम्पनीहरुले मंसिर महिनामा कायम दरलाई पुस महिनामा पनि यथावत राखेका हुन् । मंसिर महिनामा वाणिज्य बैंकहरुले औषत निक्षेपको ब्याजदर १०.०५ प्रतिशत, विकास बैंकहरुले १०.२५ र वित्त कम्पनीहरुले १०.३५ प्रतिशत कायम गरेका थिए । अब पुस महिनामापनि सोही ब्याजदर लागू गरिने बैंकर्स संघका प्रतिनिधिहरुले बताउँछन् ।

‘ब्याजदर बढाएर मात्र निक्षेप बढ्ने होइन रहेछ, निक्षेप बढ्ने अन्य माध्यमहरु अहिले बन्द छन्,’ नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपध्ययले सिंहदरबारसँग भने, ‘सरकारी खर्च नबढेसम्म ब्याजदर बढाएर मात्र बैंकमा निक्षेप बढ्दैन । त्यही भएर पुस महिनामा ब्याजदरमा परिवर्तन नगरिएको हो ।’

पुस महिना पछि बैंकमा रि-पेमेन्ट बढ्ने र सरकारले पुँजीगत खर्च समेत बढाउने आश्वसन दिएको हुँदा तरलता सहज हुन सक्ने उनको अनुमान छ ।

‘पुस महिना भनेकाे कर तिर्ने समय पनि हो, श्रोत अझै संकुचित हुन्छ, तोकिएको सिमा आसपास ऋण लगानी पनि भैसकेको छ, त्यसैले ब्याजदर वृद्धि नगरौं भन्ने हामी तीन वटै प्रकारका बैंक तथा वित्त संस्थाका सिईओहरुका बीचमा समझदारी भएर नै ब्याजदर नबढाइएको हो ।’  उनले भने ।

पुस महिना पछि भने बैंकहरुले राष्ट्र बैंकले तोकेको ब्याजदरको सीमामा रहेर आफु अनुकुल परिवर्तन गर्न सक्ने उनको भनाइ छ ।

बैंकरले तोके पुस महिनाको ब्याजदर, यस्तो हुनेछ नयाँ रेट

अहिले माग अनुसार निक्षेप संकलन हुन नसक्दा बैंकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा समेत कर्जा प्रवाह गर्न समस्या भएको छ । गत साउनयता बैंकिङ प्रणालीबाट एक खर्ब बढी तरलता बाहिरीएको छ । यसबीच बैंक तथा वित्तीय संस्थामा ८३ अर्ब १५ करोड रुपैयाँ निक्षेप थप हुँदा ३ खर्ब ७७ अर्ब ८९ करोड रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् ।

निक्षेपकर्ता लोभ्याउन बैंकहरुले कार्तिक महिनामा ब्याजदर बढाएर १२ प्रतिशतसम्म पुर्याएका थिए । तर, बैंकिङ बजारमा अस्वस्थ्य ब्याजदर प्रतिस्पर्धा भएको भन्दै राष्ट्र बैंकले ब्याजदरमा नियमन काक्तिक महिनाबाट गरेको छ ।

केन्द्रीय बैंकले अघिल्लो महिनामा कायम निक्षेपको औषत ब्याजदरमा १० प्रतिशतमात्र थप घट गर्न पाउने व्यवस्था गरेको हो । सोही अनुसार मंसिर महिनामा वाणिज्य बैंकहरुले १०.०५ प्रतिशत, विकास बैंकहरुले १०.२५ र वित्त कम्पनीहरुले १०.३५ प्रतिशत कायम गरेका थिए । उक्त ब्याजदरको १० प्रतिशतसम्मले पुस महिनामा बैंक तथा वित्त कम्पनीहरुले ब्याजदर थपघट गर्न पाउँथे ।

तर, ब्याजदर बढाउँदा बैंकको कष्ट अफ फण्डमात्र बढ्ने हुँदा प्रणालीमा तरलता सहज नहुँदासम्म ब्याजदर नबढाउने सल्लाह साथीहरुबीच भएको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रधुम्न प्रोखरेल र वित्त संस्था बैंकर्स संघका अध्यक्ष सरोजकाजी तुलाधारले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्