Shikhar Insurance
National Life

४ महिनामा बैंकले कमाए २६ अर्ब बढी खुद नाफा, एनआइसी एशिया फस्ट हुँदा नबिल पछि पछि

मुक्तिनाथले ३ वाणिज्य बैंकलाई जित्यो
सिंहदरबार संवाददाता
२०७८ मंसिर २९, बुधबार १९:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा बैंक तथा वित्त कम्पनीले २६ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । कार्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले २३ अर्ब ५२ करोड, विकास बैंकहरुले २ अर्ब १५ करोड र वित्त कम्पनीहरुले ४८ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

सो अवधिमा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी एनआइसी एशिया बैंकले खुद नाफा आर्जन गर्न सफल भएको छ । ४ महिनामा सबैभन्दा बढी खुद नाफा आर्जन गर्ने बैंकहरुको सूचीमा नबिल बैंक दोस्रो स्थानमा र ग्लोबल आइएमई बैंक तेस्रो स्थानमा रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एनआइसी एशिया बैंकले कार्तिक मसान्तसम्म १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा नबिल बैंकले १ अर्ब ५५ करोड ६१ लाख र ग्लोबल आइएमई बैंकले १ अर्ब ५५ करोड १० लाख रुपैयाँ खुद नाफा नाफा आर्जन गरेकाे हो ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम सेञ्चुरी बैंकले खुद नाफा कमाएको छ । बैंकले नाफा कार्तिक मसान्तसम्म ३१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
सो अवधिमा १० वटा वाणिज्य बैंकले १ अर्ब रुपैयाँदेखि १ अर्ब ६० करोड रुपैयाँसम्म, १३ वटा वाणिज्य बैंकले ५० करोड रुपैयाँदेखि १ अर्ब रुपैयाँसम्म र ४ वटा वाणिज्य बैंकले ५० करोड रुपैयाँभन्दा कम खुद नाफा आर्जन गरेका छन् ।

यसैगरी, चालु आवको ४ महिनामा विकास बैंकहरुले २ अर्ब १५ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । जसमा सबैभन्दा बढी नाफा कमाउन मुक्तिनाथ विकास बैंक सफल भएको छ  । तेसैगरी दोस्रो नम्बरमा गरिमा विकास बैंक र तेस्रोमा महालक्ष्मी विकास बैंक विकास बैंकतर्फ सबैभन्दा बढी खुद नाफा कमाउने बैंकको सूचीमा रहेका छन् ।

सो अवधिमा मुक्तिनाथ विकास बैंकले ३९ करोड २४ लाख, गरिमा विकास बैंकले ३० करोड ३९ लाख र महालक्ष्मी विकास बैंकले २८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । सो अवधिमा सबैभन्दा थोरै खुद नाफा भने ग्रिन डेभलपमेन्ट बैंकले गरेकाे छ ।

मुक्तिनाथ विकास बैंकले चालु आवको ४ महिनामा खुद नाफा आर्जनमा ३ वटा विकास बैंकलाई उछिनेको छ । मुक्तिनाथ विकास बैंकले आर्जन गरेको खुद नाफा सेञ्चुरी बैंक, सिभिल बैंक र बैंक अफ काठमाण्डूले कमाएको खुद नाफा भन्दा बढी रहेकाे छ ।
कार्तिक मसान्तसम्म सेञ्चुरीले ३१ करोड ४२ लाख, सिभिलले ३२ करोड २८ लाख र बैंक अफ काठमाण्डूले ३७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

यसैगरी, चालु आवको ४ महिनामा वित्त कम्पनीहरुले ४८ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जसमध्ये सबैभन्दा बढी बेष्ट फाइनान्स र सबैभन्दा धेरै मल्टिनेशनल फाइनान्सले खुद नाफा आर्जन गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्