Shikhar Insurance
National Life

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेपनि देश भित्रिने रेमिट्यान्स ७.५ प्रतिशतले घट्यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर २९, बुधबार १७:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । वैदेशीक रोजगारीमा जाने नेपालीको संख्या बढेपनि देश भित्रिने रेमिट्यान्स ७.५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको काक्तिक मसान्तसम्म विप्रेषण आप्रवाह ७.५ प्रतिशतले कमी आई ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको हो ।

तर, सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ९६ हजार ३८२ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९५.७ प्रतिशतले घटेको थियो । तर, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४९.१ प्रतिशतले वृद्धि भई ५९,७२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ७.४ प्रतिशतले कमी आई ३ खर्ब ४५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्