Shikhar Insurance
National Life

नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर बने मह जोडी, राष्ट्रको सञ्चारलाई चम्काउने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २९, बुधबार ०९:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले मह जोडीलाई कम्पनीको ब्राण्ड एम्बेसडर बनाएको छ । चार दशकभन्दा लामो अवधिदेखि नेपाली कलाकारिता क्षेत्रमा विशिष्ट पहिचान बनाएका मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य(मह जोडी)लाई टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी पनि सहभागी थिइन् ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताए । उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको बताए ।

कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको “ब्राण्ड एम्बेसडर” हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताएका थिए ।

सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नेछन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्