काठमाडौं । बैंकरहरुले पुस महिनामा ब्याजदर वृद्धि नगर्ने सहमति गरेका छन् । बाणिज्य, बैंक, विकास बैंक र वित्त कम्पनीका सिईओहरुका तिनवटै छाता संघहरुले पुस महिना भरि ब्याजदर नबढाउने भद्र समझदारी गरेका हुन् ।
हाल वित्त कम्पनीहरुले १०.३५ प्रतिशत, विकास बैंकहरुले १०.२५ प्रतिशत र बाणिज्य बैंकहरुले १०.०५ प्रतिशत भन्दा माथि ब्याजदर नबढाउने समझदारी कार्यान्वयनमा छ । अब पुस महिनाका लागि पनि सोही सिमा भित्र रहेर बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले नयाँ ब्याजदर प्रकाशित गर्नेछन् ।
https://singhadarbar.com/post/28750/
‘पुस महिनामा ब्याजदर नबढाउने समझदारी बनेको छ, अर्थात मंसिर महिनामा प्रकाशित ब्याजदर नै पुसका लागि पनि प्रकाशित हुनेछ र कार्यान्वयनमा आउनेछ’, वित्त कम्पनी संघका अध्यक्ष समेत रहेका गुडविल फाइनान्स कम्पनीका सिईओ सरोजकाजी तुलाधरले सिंहदरबारसँग भने ।
पुस महिना कर पनि तिर्ने समय हो, श्रोत अझै संकुचित हुन्छ, तोकिएको सिमा आसपास ऋण लगानी पनि भैसकेको छ, त्यसैले ब्याजदर वृद्धि नगरौं भन्ने हामी तीन वटै प्रकारका बैंक तथा वित्तिय संस्थाका सिईओहरुका बीचमा समझदारी बनेको छ’, बैंकर्स संघका एकका एक सदस्यले सिंहदरबारसँग भने ।
https://singhadarbar.com/post/28815/
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले मंसिरमा कायम ब्याजदर नै पुसमा पनि कायम गर्ने समझदारी बनेको बताए । ‘ब्याजदर बढाएर मात्रै निक्षेप बढ्ने होइन, कस्ट अफ फण्ड मात्रै बढ्यो, संघका अधिकांश साथीहरुको राय पनि पुसमा ब्याजदर नबढाउने भन्ने नै रह्यो, नेपाल बैंकर्स संघसँग पनि अनौपचारिक समझदारी भएको थियो, अब पुसमा ब्याजदर वृद्धि हुँदैन’, मुक्तिनाथ विकास बैंकको सिईओ समेत रहेका पोखरेलले सिंहदरबारसँग भने ।
प्रतिक्रिया दिनुहोस्