Shikhar Insurance
National Life

पुँजी बजारलाई लगानीकर्ताले सोचेभन्दा राम्रो बनाउछु– अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ मंसिर २८, मंगलवार १६:११
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारलाई लगानीकर्ताले सोचेभन्दा राम्रो बनाउने प्रतिवद्धता जाहेर गरेका छन् । मंगलबार पूँजी बजार सुदृढीकरण बृहत कार्यदलसँगको छलफलमा उनले सो प्रतिबद्धता गरेका हुन् ।

‘मेरै पालामा पुँजी बजार सबैभन्दा उचाइमा पुगेको थियो, त्यो सबैले बिर्सिए, अब फेरी लगानीकर्ताले सोचेभन्दा राम्रो बनाउँछु ।’– मन्त्री शर्माको भनाईलाई उदृत गर्दै कार्यदल संयोजक अम्बिका प्रसाद पौडेलले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यदलले मन्त्री शर्मा समक्ष पुँजी बजार विकास र विस्तारका लागि ५८ बुँदे सुझाव पत्र कार्यन्यवनका लागि ध्यानाकर्षण गराएको थियो । साथै पुँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती लगायत बजार सुधारमा बाँकी कामहरु र तत्काल गर्नु पर्ने सुधारका बिषयमा छलफल गरेको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्