Shikhar Insurance
National Life

नेप्सेमा २ पटकको सकारात्मक सर्किट हुदाँ डेढ घण्टामात्र कारोबार

सिंहदरबार संवाददाता
२०७८ मंसिर २८, मंगलवार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३७.१८ अंकले बढेर २४१८.८५ अंकमा बन्द भएको छ । ६ प्रतिशतको सकारात्मक सर्किट लागेपछि दिउँसो १ बजेर २६ मिनेटमै कारोबार बन्द भएको हो ।

नेप्सेमा दिउँसो १२ बजेर ३८ मिनेटमा ५ प्रतिशतको सकारात्मक सर्किट लागेर ४० मिनेटसम्म कारोबार बन्द भएको थियो । त्यसपछि पुन १ बजेर १८ मिनेटमा खुलेको नेप्से ८ मिनेटमै अर्को १ प्रतिशत वृद्धि भएर ६ प्रतिशतको वृद्धि भएपछि आजको कारोबार बन्द भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्सेमा चार प्रतिशतको घटबढ हुँदा २० मिनेट, दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटबढ भएमा ४० मिनेट र ६ प्रतिशतले घटबढ हुँदा उक्त दिनको लागि कारोबार बन्द हुन्छ । नेप्से ६ प्रतिशतले बढेसँगै आजको लागि कारोबार बन्द भएको हो ।

मंगलबार सेयर बजारमा एक अर्ब ८४ करोड २६ लाख बराबरको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये ५० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्