Shikhar Insurance
National Life

१३ हजार २ सय जनालाई पर्ने खप्तड लघुवित्तको आईपीओ आउँदै

सिंहदरबार संवाददाता
२०७८ मंसिर २८, मंगलवार ०९:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक सेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ मंसिर २७ गते सोमबार सम्पन्न भयो ।

सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको अधिकृत पूँजी रु.१० करोड, जारी पूँजी रु.४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी रु.२ करोड ६८ लाख रहेको र सर्वसाधारणका जारी हुने सेयर रु.१ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई सेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी रु.४ करोड रहनेछ ।

१ लाख ३२ हजार कित्ता सेयर १०–१० कित्ताका दरले १३ हजार २ सय जनालाई पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्