Shikhar Insurance
National Life

ग्लोबल आईएमईले सीईओमा खर्च गर्‍यो १ करोड ४१ लाख रुपैयाँ, दसैं भत्ता नै साढे १० लाख

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार २०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वर्षदिनमा १ करोड ४१ लाख रुपैयाँ बढी खर्च गरेको छ । बैंकले गत आर्थिक वर्षमा बैंकको सीईओ रत्नराज बज्राचार्य र निमित्त सीईओ महेश शर्मा ढकाललाई तलब भत्ता र अन्य सुविधा वापत भुक्तान गरेको हो ।

बैंकका पुर्व सीइओ पर्शुराम कुवँर क्षेत्रीले राजिनामा दिएपछि २०७७ साउन १ गतेदेखि ३२ गतेसम्म ढकालले निमित्त सीईओको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि २०७७ भदौ १ गते रत्न राज ब्रजाचार्यले सीईओको जिम्मेवारी लिएका छन् । बैंकले १५औं वार्षिक प्रतिवेदनमा उनीहरुलाई गत आवमा बैंकले तलब भत्ता र अन्य सुविधा वापत कुल १ करोड ४१ लाख ४७ हजार ४ सय १० रुपैयाँ भुक्तान गरेको उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वार्षिक प्रतिवेदनअनुसार बैंकले सीईओलाई तलब ७३ लाख ३२ हजार, भत्ता ४८ लाख ६० हजार, सञ्चय कोष ७ लाख ३३ हजार २ सय, दसैं भत्ता १० लाख ५३ हजार, टेलिफोन र मोबाइल खर्च ५७ हजार ३९०, सवारी मर्मत १९ हजार ४ सय २०, इन्धन खर्च ९२ हजार ४ सय रुपैयाँ भुक्तान गरेको हो ।

बैंकले गत आवमा कुल ५ अर्ब २४ करोड ८३ करोड ५६ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । जसमध्ये ३ अर्ब १६ करोड ४८ लाख रुपैयाँ कर्मचारी खर्च र २ अर्ब ८ करोड ३५ लाख रुपैयाँ सञ्चालन खर्च हो । कुल कर्मचारी खर्चमा बैंकले ६६ करोड ३१ लाख १९ हजार रुपैयाँ बोनसवापत खर्च गरिएको उल्लेख गरेको छ ।

बैंकले गत आवमा बैठक भत्ता वापत सञ्चालकहरुलाई कुल १० लाख ६५ हजार रुपैयाँ भुक्तान गरेको छ । गत वर्ष बैंकमा १५ वटा सञ्चालक समितिको बैठक बसेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्