Shikhar Insurance
National Life

निफ्रालाई व्यवसाय गर्न सहजिकरण गर्दै राष्ट्र बैंक, थप्यो यस्ता सहुलियत

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार १७:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई व्यवसाय गर्न सहुलियत दिएको छ । केन्द्रीय बैंकले सोमबार पुर्वाधार विकास बैंकको लागि जारी गरिएको निर्देशन, २०७५ का केही बुँदालाई संशोधन गरी व्यवसायमा सहजिकरण गरेको हो ।

राष्ट्र बैंकले सोमबार जारी गरेको सर्कुलर अनुसार ऋणीले पेश गरेको कार्य योजनाअनुसार अब निफ्राले प्रवाह गर्ने कर्जाको ब्याज पुँजीकरण, पुनरसंरचना र पुनरतालिकीकरण गर्न सक्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले चाहेमा माथिल्लो वर्गमा रहेको कर्जालाई समेत तल्लो वर्गमा वर्गीकरण गर्न सक्नेछ । अर्थात् कमसल कर्जालाई खराब कर्जामा राख्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । यसले निफ्रालाई ऋण असुलीमा सहयोग पुग्ने देखिन्छ ।

यस्तै, राष्ट्र बैंकले निफ्रालाई कर्जा असुलीमै सहजीकरण गर्दै कुनै कर्जा असुली नभएमा सुरक्षणमा रहेको धितो बेचबिखन गरी बाँकी साँवा र ब्याज उठाउन सक्ने व्यवस्था गरेको छ ।

निफ्राले विदेशमा रहेको धितो सुरक्षणको आधारमा भने कर्जा प्रवाह गर्न पाउने छैन । यस्तै, निफ्राले अब अन्तर बैंक सापटी कारोबार समेत गर्न पाउने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्