Shikhar Insurance
National Life

अनेरास्ववियूको मोबाइल एप लन्च, अब एपबाटै सबै काम

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप लन्च गरेको छ । अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिबिधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण गरिएको हो ।

मोबाइल एपमा अनेरास्ववियूको विधान, गीत, झन्डा, प्रचारप्रसारजनक सामाग्री, गतिबिधि सबै एउटै एपमा पाउन सकिन्छ भने सदस्यताबारे काम पनि एपबाटै सम्पन्न गर्न सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रममा एपको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरे । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा एकीकृत समाजवादीका विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईको उपस्थिति थियो । अनेरास्ववियूका कार्यबाहक अध्यक्ष वसिम आलमको अध्यक्षता एप लन्च गरिएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँगाउँ ठाउँठाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको उद्घोष गरेको अनेरास्ववियूका उप-महासचिव अशोक थापाले जानकारी दिए । डिलिटल जमानामा संगठनका काम कपि कलम बोकेर, पर्चा बाँडेर मात्र हिँड्ने दिनमात्र नभएको र अब विस्तारै हातहातबाटै काम सक्नुपर्ने भएकाले एप बनाउने काम समयअनुसार उचीत कदम भएको उनको तर्क थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्