Shikhar Insurance
National Life

५ हजार मण्डनदेउपुरवासीले सिरियलमा हेरेको कथा जीवनमा अनुभुत गर्न पाउने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार १६:२४
Hyundai
NCELL
NIMB

काभ्रेपलाञ्चोक । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका मण्डनदेउपुरका स्थानीयवासीलाई सोही नदीको पानी पाइपबाट ‘अविरल’ रुपमा घरघरमा आउने भएको छ । अर्थात् सिरियलमार्फत चर्चित बनाइएको आफ्नै भूमि छोएर बग्ने उक्त इन्द्रावती नदीको पानी मण्डनदेउपुर नगरपालिकाका पाँच हजारभन्दा बढीको ‘जिन्दगानी’ बन्ने भएको हो ।

खानेपानीको चरम अभावका कारण छटपटिएको मण्डनदेउपुरमा गत असारमा बृहत खानेपानी आयोजनाको प्रसाशनिक प्रक्रिया थालियो । त्यसलगत्तै पहिलो चरणमा ५४ करोडको ठेक्का आह्वानसमेत गरिएको थियो । गत सालको चैतमा उक्त खानेपानी आयोजनाका लागि सरकारीस्तरबाट रु एक अर्ब स्वीकृत गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

खानेपानी आयोजनाको साताअघि मात्रै वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले शिलान्यास गरेका छन् । उनले तोकिएको समयमै सम्पन्न गर्नेतर्फ दुई प्रदेशसभा सदस्य लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईंलाई समन्वय गर्न आग्रहसमेत गरेका थिए । “आयोजना समयमै सकेर जनताको घरघरमा खानेपानी पुर्‍याउन तपाईँहरु आयोजनास्थलमा टेन्ट हालेर बस्नुपर्ने पनि हुनसक्छ, यसप्रति ध्यान दिनुहोला,” पाण्डेले उनीहरुलाई भनेका थिए । आयोजना तीन वर्षमा सक्ने समयसीमा निर्धारण गरिएको छ । स्वीकृत बजेटमध्ये करिब आधा बजेटमा हाल आयोजनाको प्रारम्भिक ठेक्का सम्झौता भएको छ ।

हाल शर्मा–लामा–रमण जेभी ठेकेदार कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । मण्डनदेउपुर सुख्खा क्षेत्र बृहत खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरपालिकाको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । नगरका १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको उपभोक्ता समितिले जनाएको छ ।

उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रति उपभोक्ता रु एक हजार सङ्कलन गरिरहेको छ । नगरपालिकासँग खानेपानी आयोजनाका लागि एक प्रतिशत करिब रु एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताए । उनका अनुसार निर्धारित समयमै खानेपानी आयोजना सम्पन्न गर्न हाल तीव्र गतिमा काम भइरहेको छ ।

हाल ट्याङ्कीको निर्माणसँगै पाइप विछ्याउने काम सुरु गरिएको तामाङले जानकारी दिए । आयोजनाको बोलपत्रलगायत प्रारम्भिक चरणको प्रक्रियाका लागि नगरपालिकाले रु ५१ लाख ६६ हजार उपलब्ध गराएको नगरप्रमुख टोकबहादुर तामाङले बताए । उनका अनुसार ठकेदार कम्पनीको छनोट गरी सम्झौतापछि खानेपानी आयोजना तीन वर्षभित्र सक्नुपर्ने योजना बनाइएको हो ।

खानेपानी आयोजनाबाट नौ वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुने छन् । नगरपालिकास्थित ७ नम्बर वडाको सोते र १० नम्बरको नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको विभागका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताए ।

उनले भने, “लिफ्टिङ प्रविधिको यस आयोजनाले पाँच हजारभन्दा बढी परिवारका लागि विभिन्न चरणमा लिफ्टिङमार्फत खानेपानी उपलब्ध गराउनेछ, स्थानीय प्राविधिकका अनुसार लिफ्टिङ प्रविधिमार्फत व्यवस्थित गरिने खानेपानी आयोजनाको मुख्य रिजर्ववेयर ट्याङ्कीमा प्रतिसेकेण्ड १३ दशमलव शून्य पाँच लिटर पानी खस्नेछ ।” गोर्खा भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दाले केही वर्षमै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ ।

इन्द्रावती नदीका विभिन्न स्थानबाट लिफ्ट गरिएको खानेपानी नजिकैको गाउँ र तेस्रो स्रोतबाट मुख्य ट्याङ्कीमा जम्मा गरी सम्पूर्ण उपभोक्तामा वितरण गर्ने प्रणालीको व्यवस्थापन गर्ने समितिले जनाएको छ । खानेपानी वितरणका लागि मुख्यसहित ३५ ट्याङ्की निर्माण गरिने छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्