Shikhar Insurance
National Life

सीडी रेसियो ९१.४९ % पुर्‍याएर बैंकहरुले २७ दिनमा दिए ४२ अर्ब कर्जा, निक्षेप १२ अर्बले घट्यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार १५:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुमा मंसिरको २७ दिनमा निक्षेप १२ अर्ब रुपैयाँले घटेको छ । कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन गर्न नसक्दा वाणिज्य बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो समेत ९१.४९ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले तोकेको सीडी रेसियो कटाएर भएपनि वाणिज्य बैंकहरुले मंसिरको २७ दिनमा ४२ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका हुन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन मंसिर २७ गते आइपुग्दा १२ अर्ब रुपैयाँले घटेर ४२ खर्ब २१ अर्ब रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कात्तिक मसान्तमा बैंकहरुले ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन मंसिर २७ गतेसम्म आइपुग्दा ४२ अर्ब रुपैयाँले थप भएर ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकले देखाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्