Shikhar Insurance
National Life

गत पुस मसान्तयताकै तल्लो बिन्दु २२ सयको लाइनमा नेप्से, बियरिस लय कायमै

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचक घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । साताको दोस्रो दिन नेप्से परिसूचक ७९.२३ अंकले घटेर बियरिस लय कायमै राखेको हो ।

आइतबार ८८ अंकले घटेको नेप्से परिसूचकमा सोमबार पनि भारी गिरावट आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

३२ सय अंकसम्म पुगेको नेप्से ४ महिनाभित्रै २२ सयको लाइनमा आइपुगेको छ ।

घट्ने निरन्तरता पाउने क्रम ५ दिन पुरा भइसकेको छ । यसबीचमा नेप्से २ सय ६५ अंक तल झरिसकेको छ ।

सोमबार कारोबर सुरू हुँदै घटेको नेप्से बढ्ने प्रयत्न गरेपनि उकासिन सकेन ।

कारोबारमा आएका १ सय ८२ कम्पनीको सेयर मूल्य घटे । बजारमा ९६ लाख ७९ हजार कित्ता सेयर ३ अर्ब ९९ करोड रूपैयाँमा किनबेच भए ।

नेप्से गत वर्षको पुस मसान्तयताको सबैभन्दा तल्लो बिन्दुमा पुगेको हो । २०७७ पुस २८ गते नेप्से परिसूचक २२ सय ६७ अंक कायम थियो । सोमबारको गिरावटपछि नेप्से २२८२.०१ अंकमा पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्