Shikhar Insurance
National Life

लघुबीमा कम्पनीको आवश्यक छैन, अहिलेका कम्पनीले नै गर्न सक्छन्ः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ मंसिर २७, सोमबार ११:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लघुबीमा व्यवसाय गर्न अनुमति दिनु नपर्ने औंल्याएका छन् । बीमा समितिको नयाँ भवन शिलान्यास गर्दै मन्त्री शर्माले अहिले सञ्चालनमा रहेका कम्पनी नै लघुबीमा व्यवसाय गर्न सक्षम रहेको बताएका हुन् ।

बीमा पहुँच विस्तारका लागि भन्दै नयाँ लघुबीमा कम्पनीलाई लाइसेन्स दिन लागिएकामा त्यो आवश्यन नरहेको उनको तर्क छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“४० बीमा कम्पनी छन्, तर उनीहरूले बीमाको पहुँच बढाउन कुनै भुमिका निभाएका छैनन्, बिजनेस गर्न मात्र तल्लीन छन्” मन्त्री शर्माले भने, “नयाँलाई लाइसेन्स दिनु आवश्यक छैन ।”

बीमा दाबी भुक्तानी दिने नगरेको गुनासो अर्थ मन्त्रालयसम्म आउने गरेको उनले सुनाए । “लघुबीमाको आवश्यकता के हो ? अहिलेकै कम्पनीहरूले त्यो सेवा दिन किन सक्दैनन् ?” उनको प्रश्न छ, “भएकै कम्पनीलाई राम्ररी काम लगाउन सकिए, उनीहरूले त्यस्ता सेवा दिन सक्छन् ।”

कोरोना बीमा संसारमै उदाहरणीय बनेपनि त्यसले थपिएको दायित्व र भुक्तानी दिन नसकेको सन्देशले नेपाली बीमा क्षेत्रमा विश्वास झनै घटेको उनले सुनाए । शर्माले विज्ञहरूलाई आगामी दिनमा यस्ता प्रकारका बीमा प्रोडक्ट ल्याउने सुझाव नदिन अनुरोध पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्