Shikhar Insurance
National Life

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा महोत्तरीको पडौलमा

सिंहदरबार संवाददाता
२०७८ मंसिर २६, आईतवार २०:००
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले वा महोत्तरी जिल्लाकोे पडौलमा शाखा रहित बैंकिङ सेवा शुरु गरेको छ बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

बैंकले ८७ ओैँ शाखारहित बैंकिङ शेवा महोत्तरी जिल्लाको बलवा नगरपालिका पडौलमा यही मंसिर २४ गतेदेखी सेवा प्रारम्भ गरेको छ । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी सरोज कुमार साहलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु समेत उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्