Shikhar Insurance
National Life

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल कारोबार सम्झौता

सिंहदरबार संवाददाता
२०७८ मंसिर २६, आईतवार १९:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी विकास बैंकले नेपाल पेमेन्ट सोलुसन्स्सँग सम्झौता गरेको छ । बैंकले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन सो सम्झौता गरेको हो ।
सम्झौतासँगै अब बैंकका ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठ ले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्