Shikhar Insurance
National Life

भैरहवा, दाङ र समनपुरमा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ मंसिर २६, आईतवार १७:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा र विदार्थी माझ बीमा सम्बन्धी जनचेतना जगाउने उदेश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले भैरहवा, दाङ्ग र समनपूरमा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न गरेको छ ।

महालक्ष्मीले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई तिब्रता दिदै आएको छ । यसै अन्तर्गत गएको हप्ता लुम्वीनी प्रदेश र २ नं। प्रदेशको विभिन्न ठाँउमा बीमा जनचेतनामुलक कार्यक्रमहरु संचालन भएका छन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भैरहवा बहुमुखि क्याम्पसमा मंसिर २३ गते प्राध्यापक कृष्ण घिमिरेको अध्यक्षतामा संचालित यूवासँग महालक्ष्मी लाईफू कार्यक्रममा ८० जना स्नातक तहका विद्यार्थीको सहभागिता थियो । कम्पनीका भैरहवा कार्यालय प्रमुख अजय त्रिपाठीले संचालन गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र मार्केटिङ चिफ प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए । कम्पनीका सहायक प्रबन्धक अमर दिप गुप्ता र मार्केटिङ मेनेजर यमलाल न्यौपानेले बीमाको महत्व बारेमा प्रकाश पारेका छन् ।

त्यसै गरी दाङ घोराहीका दुई छ्ट्टा छ्ट्टै कलेजमा बीमा जनचेतना कार्यक्रम संचालन भएको छ । अम्विकेश्वरी कलेजमा महालक्ष्मी लाईफका एजेन्सी मेनेजर लालचन्द्र बन्जाडेको अध्यक्षतामा संचालित कार्यक्रममा ५५ जना स्नातक तहका विद्यार्थीको सहभागिता रहेको थियो । कम्पनीका शाखा प्रमुख अरुण भट्टराईले संचालन गरेको कार्यक्रममा क्याम्पसका व्यवस्थापन प्रमुख द्रोण खड्का, एजेन्सी मेनेजर बसन्त भट्ट तथा अभियानका जिल्ला सदस्यहरु कमलमनी देवकोटा र प्रदिप कुमार पाण्डेको उपस्थिति रहेको थियो भने उपक्षेत्रिय प्रमुख कृष्ण प्रसाद पोखरेलले प्रशिक्षण दिएका थिए ।

त्यसैगरी मंसिर २४ गते घोराहीको राप्ति इन्जिनियरिङ कलेजमा संचालित कार्यक्रमको अध्यक्षता कलेजका निर्देशक मधुसुदन बैद्यले गरेका थिए । ७० जना विद्यार्थी सहभागि भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र मार्केटिङ चिफ प्रशान्तराज धमलाले प्रशिक्षण दिएका हुन् ।

कलेजका निर्देशक मधुसुदन बैद्यले युवासँग महालक्ष्मी कार्यक्रमले विद्यार्थी वीच बीमा जागरण ल्याउन महत्वपुर्ण भुमिका खेलेकोमा धन्यवाद दिएका थिए । अरुण भट्टराईले संचालन गरेका सो कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरी सिभिल इन्जिनियरिङका विभागिय प्रमुख बाबुराम जोशी, कम्पनीका मार्केटिङ मेनेजर यमलाल न्यौपाने र उपक्षेत्रिय प्रमुख कृष्ण प्रसाद पोखरेलको उपस्थिति रहेको थियो ।

रौतहट जिल्लाको समनपुर स्थित शंकर गुदर उच्च मा।वि। मा मंसिर २४ गते युवासँग महालक्ष्मी लाईफू कार्यक्रम संचालन भएको छ । शिक्षिका रेनु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा ९० जना विद्यार्थीको सहभागिता रहेको थियो। कम्पनीका गौर प्रमुख राजेश कुमार साहले संचालन गर्नु भएको कार्यक्रममा रेनु गुप्ता, मनोज कुमार यादवले कार्यक्रमको महत्व बारेमा मन्तव्य दिए ।

कम्पनीका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिनु भएको कार्यक्रममा अभियानका केन्द्रिय सदस्य रामाशंकर यादव र अन्य जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्