Shikhar Insurance
National Life

नाडा अध्यक्षमा ध्रुव थापा विजयी, को को आए कार्य समितिमा ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर २४, शुक्रबार ०९:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । करण चौधरीलाई पराजित गर्दै थापाले नाडाको नेतृत्व हात पारेका हुन् । विजयी थापाले १४ सय १३ मत पाउँदा करण चौधरीले १३ सय ४७ मत पाए ।

दुबै उम्मेदवारले प्यानल बनाएर प्रतिष्पर्धा गरेका थिए । चौधरीको प्यानलबाट १२ जना निर्वाचित भएका छन् भने थापा प्यानलबाट ५ जनाले निर्वाचन जितेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराईले चौधरी प्यानलबाट निर्वाचन जिते । उता, निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठले थापा प्यानलबाट कार्य समितिमा स्थान बनाएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्