Shikhar Insurance
National Life

साना तथा मझौला व्यवसायीका उत्पादन दराजमा बिना सेवा शुल्क बिक्रीमा राख्न पाइने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार २०:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले साना तथा मझौला उद्योग (एफएमईज) का उत्पादनहरूलाई राष्ट्रिय÷अन्तराष्ट्रिय ग्राहकसम्म सहजरूपमा पु¥याउने कार्यलाई अगाडि बढाएको छ । यसका लागि महासंघले नेपालको अग्रणी अनलाइन बजार दराज नेपालसँग सहकार्य गरेको छ ।

यस सम्बन्धमा एफएनसीसीआई र दराज नेपाल बीच आज एक समारोहका बीच महासंघ सचिवालयमा सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो सम्झौताले महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरूलाई दराजको अनलाइन सपिङमा एकिकृत गरी उनीहरूका उत्पादनलाई दराजमार्फत विक्रीवितरण कार्य गर्नेछ । साना तथा मझौला उद्यम व्यवसाय मुुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको र कोभिड महामारीबाट यो क्षेत्र सवैभन्दा बढी प्रभावित भएकाले महासंघले यसको पुनरूत्थानमा विशेष जोड दिँदै आएको छ ।

एफएनसीसीआई र दराज बीचको सम्झौता अनुसार दर्ता भएका साना तथा मझौला उद्योग (एसएमईज) ले एक वर्षको लागि दराजको अनलाईन सपिङमा निःशुल्क डिस्प्लेको सुविधा पाउनुुको साथै त्यसका लागि आवश्यक प्रचार, दृश्यतासँगै थप सुविधाहरू समेत पाउने छन् ।

त्यसैगरी सम्झौता अनुसार साना तथा मझौला उद्योगहरूलाई आफ्नो अनलाइन व्यापार वृद्धि गर्नको लागि सही शिक्षा र सीपहरू दराजले प्रदान गर्नेछ । कोभिड १९ प्रकोपदेखि दराजले विशेषगरी एसएमईहरूलाई महामारीको आर्थिक प्रभावबाट पुनरूत्थान गर्ने कार्यमा सहयोग गर्न विभिन्न बिक्रेता केन्द्रित पहलहरूको समेत सुरुवात गरेको छ ।

एफएनसीसीआई र दराज बीचको यो सम्झौताको मुख्य उद्देश्य नेपालका हरेक कुनामा रहेका एसएमईज बिक्रेता तथा ग्राहकहरूलाई एकै ठाउँमा लिएर आउने र सँगसँगै नेपालमा डिजिटलाइजेसन र ई(कमर्स)क्षेत्रको वृद्धिलाई तीव्रता दिनु रहेको छ ।

हाल दराजले काठमाडौं, पोखरा, विराटनगर, भरतपुर, वीरगन्ज, जनकपुर, बुटवल, धनगढी र बिर्तामोडका १२ हजारभन्दा बढी बिक्रेतालाई सेवा प्रदान गरिरहेको छ । यी बिक्रेताहरूले नेपालका ४७ भन्दा बढी सहरमा आफ्ना उत्पादन तथा सेवा प्रदान गरिरहेका छन् ।

सम्झौता अनुुसार विशेष रूपमा तयार गरिएका अभियानहरू मार्फत थप प्रचारहरू र दृश्यता प्राप्त गर्ने, जनवरी २०२२ देखि डिसेम्बर २०२२ सम्म एसएमईजको लागि कुनै शुल्क नलाग्ने, व्यापक ई–कमर्स प्रशिक्षण तथा शिक्षा दिने र दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्नेछ भने महासंघले आफनो नेटवर्कमार्फत सबै एसएमइजहरूका उत्पादनलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्ने छ ।

सम्झौतापत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले दराजसँगको यो सहकार्य एसएमईजहरूको पुनरूत्थानमा कोशेढुंगा हुने बताए । दक्षिण तथा दक्षिण पूर्वी एशियामा दराजको लोकप्रियता बढ्दै गएकाले दराजको अनलाइन सपिङ प्ल्याटमार्फत साना तथा मझौला उद्यमीहरूले आफना उत्पादन स्वदेशी एवं विदेशी ग्राहकसम्म पुुरयाउन सकुन भन्ने उद्देश्यले महासंघले अग्रसरता लिएको स्पष्ट पारे । अध्यक्ष गोल्छाले यो अवसरको भरपुर लाभ उठाउन पनि साना उद्यमीहरूलाई आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्