Shikhar Insurance
National Life

अर्थमन्त्रीलाई अर्थसमिति सभापतिको प्रश्नः सेयर बजारका साना लगानीकर्ता जोखिममा परे भन्ने कुरा के हो ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार १९:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभा अन्तरगतको अर्थसमितिका सभापतिले अर्थमन्त्रीका लागि प्रश्न तेर्साए, ‘सेयर बजारको कुरा के हो ? सरकारको स्पष्ट दृष्टिकोण आउनु पर्यो ।’

सेयर बजार घट्दा साना लगानीकर्ता जोखिममा परेको भन्दै अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले मन्त्री अर्थमन्त्री शर्मालाई सरकारको धारणा सोधे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिले अर्थतन्त्रको वर्तमान अवस्था चुनौती, अर्थमन्त्रालयको काम कारवाही र भावी योजना लगायत विषयमा राष्ट्र बैंक र अर्थमन्त्रालयसँग छलफल गरेको थियो । छलफलका क्रममा अर्थमन्त्रालयसँग भएकोे छलफलमा सेयर बजार प्रति चासो देखाउँदै सभापति दाहालले अर्थ मन्त्री शर्मालाई प्रश्न गरेका थिए ।

सभापति दाहालले मन्त्री शर्मालाई नै इंगित गरेर प्रश्न तेर्साइरहँदा अर्थमन्त्री शर्मा भने छलफलबाट बाहिरिसकेका थिए । सभापति दाहालले सेयर बजारमा धेरै लगानीकर्ता डुब्ने जोखिम बढेको भन्दै यसमा सरकारले आफ्नो धारणा बनाएर सोही अनुसारको नीतिगत व्यवस्थामा परिवर्तन तथा थप व्यवस्थाको सुझाव दिन सुझाएका थिए ।

समितिले डाकेको सो छलफलमा अर्थमन्त्री शर्मा भने देशको वर्तमान अवस्थाबारे आफ्नो ३० मिनेटको मन्तव्य राखेर बाहिरी सकेका थिए । मन्त्री शर्मालाई इंगित गर्दै सभापतिले तेर्साएको प्रश्नको जिम्मेवारी लिँदै अर्थसचिव मधु मरासिनीले मन्त्रालयले सम्बन्धित निकायहरुसँग छलफल गरिरहेको जवाफ दिए ।

‘धितोपत्र बजार सुधारको पाटो अहिले खासै चित्त बुझ्दो छैन, पछिल्लो समय सेयर बजारको उतारचढावलाई हेर्दा स्वभाविक देखिन्न,’ सभापति दाहालले भने, ‘अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले छलफल गरेर मौद्रिक नीति मार्फत ४÷१२ को नीति ल्याएर बजारलाई अनुसाशनमा राख्ने काम भएका छन् र आगामी दिनमा समेत हुन्छ ।”

सेयर बजारमा लगानीकर्ताले कम्पनी मूल्यांकन नै नगरी लगानी गर्दा जोखिम बढेको हुँदा सेयर बजारको सम्बन्धमा वित्तीय जनचेतना बढाउन आवश्यक कार्यक्रम गर्नुपर्ने उनले बताए ।

सेयर बजारलाई अझै प्रभावकारी बनाउन धितोपत्र बोर्डको नियमनलाई सबल र सक्षम बनाउनु पर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए । उनले बजारमा हुने गलत अभ्यासलाई नियन्त्रणका लागि धितोपत्र बोर्ड सबल र सक्षम बनाउनका साथै बोर्डले सेयर बजारका आधारभूत पक्षहरुको बारेमा जनचेतना बढाउनु पर्ने आवश्यकता औंल्याएका थिए ।

छलफलमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले सेयर बजारको निगरानी नगरे सेयर बजारकै लगानीकर्ताहरुले आन्दोलन जुलुस सुरु गर्ने बताए ।

‘अर्थमन्त्रालयले सेयर बजारको वृद्धिको बारेमा अध्ययन गरेर वास्तविकता बाहिर ल्याउनु पर्छ । अहिलेको वृद्धि कृतिम हो वा हैन, बाहिर ल्याएर लगानीकर्तालाई आत्मविश्वास दिने संयन्त्रको विकास गर्नुपर्छ,’ पाण्डेले भने, ‘यसो नगरे सेयर बजारमा भएको होडबाजीलाई रोक्ने नयाँ जुलुसको आरम्भ होला भन्ने देखिन्छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्