Shikhar Insurance
National Life

वार्षिक १०.२५ प्रतिशत ब्याज दिने सिभिल बैंकको ऋणपत्रमा शुक्रबारदेखि आवेदन दिन पाइने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार १९:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यही मङ्सिर २४ गते देखी “सिभिल बैंक डिबेन्चर २०८८” सर्वसाधारणहरुकोे लागि विक्री खुल्ला गरेको छ ।

बजारको चल्तीको भन्दा अधिकतम ब्याजदर १०.२५ प्रतिशत रहेको सिभिल बैंक डिबेन्चरको अवधि १० वर्ष रहेको छ । प्रति डिबेन्चर रु. १,०००/– अंकित मूल्यका ३०,००,००० (तीस लाख) कित्ता डिबेन्चरले हुन आउने रु. ३ अर्ब बरावरको कुल डिबेन्चर मध्ये १२ लाख कित्ता डिबेन्चर अर्थात रु. १ अर्ब २० करोड ऋणपुँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा १८ लाख कित्ता डिबेन्चरले हुन आउने रु १ अर्ब ८० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवर बाट बिक्री गरिने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वसाधारणहरुले कम्तिमा २५ कित्ता देखि अधिकतम १२ लाख कित्ता सम्म यस ऋणपत्र खरिद गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृत प्रदान गरिएको यस ऋणपत्रमा त्रैमाशिक रुपमा व्याज भुक्तानी गरिनेछ र नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भई किन्बेच समेत गर्न सकिनेछ । सर्वसाधारणहरुले आफूले खरीद गर्न चाहेको ऋणपत्र सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् । ऋणपत्रको निष्काशन मंसिर २४ गते खुल्ला भई छिटोमा मंसिर २८ गते तथा ढिलोमा पौष ९ गते बन्द हुनेछ ।

बैंकले निष्काशन गर्न लागेको डिबेन्चरको व्याजदर हाल नेपाल स्टक एक्सचेन्जमा सुुचीकृत डिबेन्चरहरुको औसत व्याजदर भन्दा बढी तथा हाल वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा प्रदान गरिरहेको व्याजदर भन्दा पनि उच्च रहेको छ । यसका साथै अन्य धेरै डिबेन्चरहरु भन्दा फरक यस सिभिल बैंक डिबेन्चरले त्रैमासिक रुपमै व्याज भुक्तानी गर्नेछ जसले गर्दा लगानीकर्ताले अर्ध वार्षिक भुक्तानी योजना भएकोमा भन्दा अधिक ब्याज आम्दानी प्राप्त गर्नेछ । सामूहिक लगानी कोषको लागि छुट्टयाइएको ५% डिबेन्चरको लागि २.३ गुणा बढी आवदेन प्राप्त भएको समेत बैंकले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्