Shikhar Insurance
National Life

एमजीको बोल्ने कार ‘हेक्टर’ नेपाली बजारमा, मूल्य कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार १४:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । एमजीले बहुप्रतिक्षित हेक्टर गाडी नेपाली बजारमा उपलब्ध गराएको छ । ‘इट्स अ ह्युमन थिङ’ ट्यागलाइनमा ब्रान्डिङ गरिएको हेक्टरको मान्छेसँग बोल्ने क्षमता चर्चाको विषय छ । हेक्टरको विज्ञापनमा कार मान्छेसँग बोल्दै गरेको देख्न सकिन्छ ।

नेपालका लागि एमजी (मोरिस ग्यारेज) को एकमात्र आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले हेक्टर सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा सार्वजनिक गर्नुका साथै प्रिबुकिङ गरिएको गाडी ग्राहकलाई हस्तान्तरण पनि गरिएको छ ।
१.५ लिटरको टर्बोचार्जड इन्टरकुल इन्जिन भएको हेक्टरको दुवै एमटी र सीभीटी भेरियन्ट उपलब्ध गराइएको छ । प्यारामाउन्ट मोटर्सका अनुसार एमटीको मूल्य ५९ लाख ९९ हजार र सीभीटीको ६४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।

सुरक्षा, शैली र फंसनालिटीका लागि हेक्टर निकै प्रशंसित छ । यूएसबी वर्गमा पहिलोपल्ट बोल्ड फन्ट क्रोम ग्रिल, पोजेक्टर हेडल्याम्प र स्टाइलिस १७ इन्चको एलोय ह्विल, इलेक्ट्रिक सनरूफ, पुस बटन स्टार्ट, २६.४ इन्चको टचस्क्रिन र अन्य निकै भिन्न विशेषताले एमजी हेक्टरलाई बेन्चमार्को रूपमा खडा गरेको छ ।

अन्य एसयूभीको तुलनामा हेक्टर नेपाली सडका लागि उपयुक्त हुने विश्वास गरिएको छ । हेक्टर मिड स्पेक भेरियन्टको कार हो । हेक्टरको आकर्षक डिजाइन, आधुनिक र स्मार्ट सुविधालाई ग्राहकहरूले खुब मन पराउने कम्पनीको दाबी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्