Shikhar Insurance
National Life

नबिल डिजीबैंक पोर्टल सार्वजनिक, पाइन्छ यस्ता सुविधा

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार १३:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । ‘नबिल डिजिबैंक पोर्टल’ ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान यस पोर्टलमार्फत् बैंकले आफ्नो उत्पादन सेवालाई मार्फत बैंकका ग्राहकहरूले एकद्धार मार्फत् अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत् बैङ्कले आफ्नो उत्पादन/ सेवालाई स्वचालित बनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आज आयोजित एक कार्यक्रम विच नबिल डिजिबैंक पोर्टलको सुरुवात गरे । कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको छ । विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गरेर देखाएको छ । बैंकका विभिन्न उपलब्धी मध्ये नबिल डिजिबैंक पनि एक हो । बृहत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजना स्थापना गरिएको थियो । बैंकले आज नबिल डिजिबैंक पोर्टलमार्फत् उक्त परिकल्पनालाई साकार पार्दै वास्तविकतामा परिणत गर्ने दिशामा थप एक पाइला अघि बढाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नबिल डिजिबैकमा अनलाइन फिक्स्ड डिपोजिट डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ ।

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दई नयाँ अनलाइन सेवाहरु समेत सार्वजनिक गरे ।

भीकेवाइसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाइसी प्रमाणीकरणका लागि केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको छ । भीकेवाइसी छनोट मार्फत ग्राहकले क्यामेराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्व निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पुरा गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैक एप भित्र इमबोस्ड गरिएको सेवा हो जसको माध्यमबाट ग्राहकले सजिलैसंग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै, व्यालेन्स टप-अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भर्चुअल कार्ड तुरन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतिय रुपैयाँ बाहेका) ई-कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।

कार्यक्रममा बोल्दै बैंक कार्यकारी प्रमुख शाहले यो नबिल बैंकको डिजिटल यात्राको सुरुवात मात्रै भएको र अघि बढ्दै गर्दा हामीले नबिल डिजिबैंक पोर्टलमा बैंकका धेरैभन्दा धेरै सेवा मात्र उपलब्ध गराउने मात्र नभई बैंकको सेवाका साथै अन्य संस्थाहरूसंग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेल लगायत सुविधा समेत प्रदान गर्ने जानकारी गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्