Shikhar Insurance
National Life

ओली सरकारको गलत नीतिका कारण तरलता अभाव देखियो, अब म समाधान गर्छु : अर्थमन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार १३:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभाव हुनुको दोष अघिल्लो सरकारलाई लगाएका छन् । प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा मन्त्री शर्माले अघिल्लो सरकारले गर्दा अहिले बजारमा तरलता समस्या उब्जिएको बताएका हुन् ।

बैकिङ क्षेत्रमा देखिएको समस्या आफूले गरेको नितिगत प्रभाव र कामकारबाहीको कारणले ननिम्तिएको दाबी उनको छ । अघिल्लो सरकारको भन्सार नीति र आयात नीतिको कार्यनयन हुँदा अहिले बजारमा पैसा अभाव भएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘अर्थतन्त्रको वर्तमान अवस्था र समस्या हिजोको कामकारबाहीले गर्दा भएको हो,” उनले भने, “हिजोको दिनका भन्सार नीति, सरकारी खर्च नीति र आयातमा आधारित राजश्वका कारण आज समस्या देखिएको हो ।” हामीले त्यसलाइ सुधार गर्न सकिएन भने आजको काम कार्वाहीको प्रभाव भोलिको दिनमा देखिने तर्क उनको छ ।

अर्थमन्त्री शर्माले अहिलेले बजारमा देखिएको समस्या समाधान गर्न सरकारले नीति गत सुधार गर्ने बताए ।

अबको सरकारले राजश्व प्रणाली, खर्च प्रणाली लगायतमा सुधार गरि सस्थागत सम्रचना मै सुधार गर्ने बताए ।

सरकारले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउन प्रोत्साहन गर्ने, उत्पादन मुलुक २० वटा क्षेत्र छनौट गरि त्यसमा लगानी बढाउने उनले बताए ।

छलफलमा मन्त्री शर्मा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए ।

१० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा नभएपनि ७ प्रतिशत हुने उनको भनाइ हो ।

शर्माले ‘क्लाइमेट चेञ्ज’ ले धेरै चुनौती दिएको बताए । बेमौसमी वर्षाका कारण खर्बौंको क्षति भएको भन्दै उनले यी चुनौतीका बावजुद आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताए । तराईमा गएको बढिले गर्दा ५.२ प्रतिशत अर्थिक वृद्धि घटाएको उनको भनाइ छ ।

अहिले बैंकिङ क्षेत्रमा १६ अर्बमात्रै लगानी योग्य रकम (तरलता) रहेको भन्दै उनले तरलता समस्या भने रहेको बताए । चालु आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइनसकेको बताए । यसमा पुँजीगत खर्च नहुनु पनि एउटा कमजोरी भएको बताए । तर समग्रमा सरकारी खर्च गत वर्षको भन्दा २ प्रतिशतले बढी रहेको बताए ।

सरकार परिवर्तन पछि अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएका थिए । प्रतिस्थापन बजेट ल्याउने प्रक्रिया, नीतिगत प्रक्रिया लगायतमा समय लागेका कारण खर्च हुन केही ढिलाइ भएको उनले बताए । तर अब रफ्तारमा पुँजीगत खर्च हुने अर्थमन्त्रीको दावी छ । ‘नीतिगत प्रक्रियाहरु, प्रतिस्थापन विधेयक पारित लगायतले केही ढिलाइ भयो, अब ढिलो हुँदैन पुँजीगत खर्च रफ्तारमा हुन्छ’ अर्थमन्त्री शर्माले भने ।

राष्ट्र बैंकले गैर आवासीय नेपालीले डलरमा बचत खाता खोल्न पाउने व्यवस्था गरेको भन्दै यसले मुलुककाे अर्थतन्त्रमा सकारात्मक असर गर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्