Shikhar Insurance
National Life

धनी र गरिबबीच अन्तरको खाडलमा फस्दै भारत, १० प्रतिशत धनाढ्यसँग ५७ प्रतिशत सम्पति

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतमा धनी–गरिब बीच अन्तरको खाडल बढीरहेको छ । १० प्रतिशत धनीहरुसँग देशको कुल ५७ प्रतिशत सम्पति छ । संसारभर असमानताको तथ्यांकसहित एक रिपोर्टमा लेखिएको छ की भारत एक गरिब असमानताले भरिएको देशका रुपमा चित्रित छ । र यहाँको धनीहरुको हातमा मनग्ये पैसा छ ।

इण्डियन एक्सप्रेसका अनुसार देशको कुल आम्दानीको ५७ प्रतिशत हिस्सा १० प्रतिशत भारतीयहरुको हातमा छ । देशको कुल कमाईको ५० प्रतिशत अर्थात देशको आधा नागरिकसँग केबल १३ प्रतिशत मात्रै कमाई छ । रिपोर्ट अनुसार सन २०२० मा दुनियाँको कुल आम्दानीमा भारी गिरावट आएको थियो र त्यसको आधा हिस्सा धनी देशहरुले व्यहोरेका थिए । बाँकी आधा हिस्सा भने कम आय भएका र उदियमान अर्थतन्त्रपवाला देशहरुले ओगटेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसको सबै भन्दा ठूलो कारण दक्षिण पूर्वी एशिया र त्यसमा पनि भारत भएको बताइन्छ । वर्ल्ड इनइक्वालिटी ल्याबको रिपोर्टमा लेखिएको छ, ‘विश्लेषणबाट भारटलाई हटाउने हो भने विश्वमा तल्लोस्तरका ५० प्रतिशत देशहरुको आम्दानी सन २०२० मा बढेको देखिन्छ ।’

रिपोर्टका अनुसार भारत गरिब र व्यापक असमानताले भरिएको देश हो, जहाँको धनीहरुको हातमा अधिकतम पैसा छ । रिपोर्ट अनुसार भारतको मध्यम वर्ग नै उपल्लो वर्गको तुलनामा गरिब छ । देशको कुल कमाईको २९.५ प्रतिशत हिस्सा मध्यमवर्गसँग छ । जबकी सबै भन्दा धनी १० प्रतिशत मानिसले ३३ प्रतिशत सम्पति ओगट्छन् । त्यस्तो कमाईमा सबै भन्दा धनी एक प्रतिशत भारतीयले ६५ प्रतिशत हिस्सा ओगट्छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्