Shikhar Insurance
National Life

नाडा इलेक्सन ग्राउन्ड जिरोः अझै सुरु भएन मतदान, पर्चा बाँड्न रोक लगाइयो

सिंहदरबार संवाददाता
२०७८ मंसिर २३, बिहीबार ०९:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहान ८ बजे सुरु हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचान अझैं सुरु हुन सकेको छैन ।

हिजो सुरु भएको वार्षिक साधारणसभामार्फत् नाडाको नयाँ नेतृत्व चयन हुँदैछ । चुनावी मैदानमा करण चौधरी र ध्रुब थापा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैबीच राजधानीको सोल्टी होटलमा नाडा सदस्यहरु लामबद्ध भएर बसेका छन् । केही बेर अघिसम्म दुवै प्यानलका प्रतिनिधिहरुले कसलाई भोट गर्ने भन्ने सूची बाँडिरहेकामा अहिले रोकिएको छ ।

विशेष गरी ध्रुब थापा पक्षका प्रतिनिधिले निर्वाचन समितिमा ‘करण प्यानलले पर्चा बाँडिरहेको’ कम्प्लेन गरेपछि निर्वाचन समितिले नबाँड्न भनेको छ । थापा प्यानलले भने मतदाता हातमातमा पर्चा र घाँटीमा उम्मेदवारको सूची पुर्याइसकेको छ । कसलाई भोट गर्ने भन्ने पर्चा बाँडदा निर्वाचन स्थल फोहोर हुने भन्दै नबाँड्न सफ्ट निदेैशन दिइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्