Shikhar Insurance
National Life

पुनर्बीमाको नयाँ व्यवस्थाविरूद्ध बीमा कम्पनीहरू एकजुट, अध्ययन समिति बनाउने अध्यक्षको आश्वासन

सिंहदरबार संवाददाता
२०७८ मंसिर २२, बुधबार २०:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । शतप्रतिशत पुनर्बिमा नेपालमै गर्नपर्ने बीमा समितिको बाध्यकारी व्यवस्थाविरूद्ध बीमा कम्पनीहरू एक भएका छन् । जीवन र निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको २ छाता संगठनहरूले संयुक्त रूपमा सो व्यवस्था पुनरावलोकन गर्नुपर्ने माग बीमा समितिमाझ गरेका हुन् ।

जीवन बीमक संघ र बीमक संघले बीमा समितिलाई संयुक्त ज्ञापन पत्र बुझाएर पुनर्बीमा सम्बन्धी सो निर्देशनलाई फिर्ता लिन वा स‌शोधन गर्न अनुरोध गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बीमा समितिले मंसिर ९ गते  नेपाली बीमा कम्पनीहरूले गर्ने सबै पुनर्बीमा नेपाली कम्पनीहरू (नेपाल रि र हिमालयन रि) मै गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । यी कम्पनीले लिखित अस्वीकार गरेपछि उनीहरू विदेशी पुनर्बीमा कम्पनीमा गर्नुपर्ने हुन्छ ।

समितिको यो व्यवस्थाको चौतर्फी बिरोध भएको थियो । बीमा कम्पनीहरूको व्यवसायिक स्वायत्तता खोसिने भन्दै सबैको विरोध छ । विशेष गरी हिमालयन रि लाई व्यवसायको ग्यारेन्टी गरिदिएकामा सरोकारवालाको आपत्ति छ ।

स्रोतका अनुसार सो व्यवस्था कार्यान्वयनमा आउने कठिनाइ पहिचार गरी समाधान गर्न अध्ययन समिति गठन गर्ने आश्वासन बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले दिएका छन् ।

“हामीले आफ्ना असहमति लिखित रूपमा बीमा समितिमा बुझाएका छौं, समिति अध्यक्षबाट कठिनाइ सम्बोधन गर्न अध्ययन समिति बनाउने आश्वासन पाएका छौं,” एक बीमा कम्पनीका सीईओले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्