Skip to content
Shikhar Insurance
National Life

अर्थमन्त्रीको प्रस्तावः राजस्वमा अटो क्षेत्रको योगदान बढाऔं, पेट्रोल पम्पलाई चार्जिङ स्टेसन बनाऔं

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सवारी व्यवसायीहरूसँग राजस्व र कुल गार्हस्थ उत्पादनमा अटो क्षेत्रको योगदान अझै बढाउने प्रस्ताव राखेका छन् । अहिले २५ प्रतिशत प्रत्यक्ष योगदान रहेकामा त्यसलाई घटाएर अप्रत्यक्ष योगदान ५० प्रतिशत बनाउन प्रस्ताव गरेका हुन् ।

“राजस्व, रोजगारी, कनेक्टिभिटीमा अटो क्षेत्रले पुर्‍याएको योगदान सराहनीय छ,” नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको ४५ ‌औं वार्षिक साधारणसभा उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री शर्माले भने, “नाडाको भुमिका बदलियोस्, यहाँहरूको २५ प्रतिशत योगदान घटाउन चाहन्छु । प्रत्यक्ष २५ प्रतिशत योगदानलाई घटाएर अप्रत्यक्ष ५० प्रतिशत योगदान दिने वातावरण बनाउँछु ।”

मन्त्री शर्माले नेपालमा पर्याप्त बजार, श्रम, विद्युत, जमीन यही रहेकाले नेपालमै एसेम्बल प्लान्ट किन नखोल्ने भन्ने प्रश्न गरे । उनले भने, “सरकारले के गर्नुपर्छ गर्छौं । अहिलेको भन्दा फरक योगदान दिन सक्ने वातावरण बनाउने पक्षमा म छु, फेरि आत्तिएर अर्थ मन्त्रालय घेरा हाल्न पर्दैन ।”

https://singhadarbar.com/post/28639/

मन्त्री शर्माका अनुसार नेपालमा सबैभन्दा बढी उपलब्ध स्रोत पानी र जलविद्युत हो र सबैभन्दा आम्दानी गर्ने माध्यम पनि पानीबाट बनाएको बिजुलीको उपभोग गर्नु हो ।

“बिजुली उपभोगको मागसहित डेलिगेसन आउँदा म स्वागत गर्नेछु,” उनले भने, “विद्युत र श्रमशक्तिको राम्रो उपयोग गर्न नाडाले सरकारलाई सघाउने कुरामा विश्वस्त छु ।”

उनले राम्रो नीतिको निरन्तरता देशका लागि आवश्यक रहेको औंल्याए ।

“देशलाई आत्मनिर्भर बनाउन, रोजगारी सिर्जना गर्ने नीति मैले बदल्दिनँ, भोलिका अर्थमन्त्रीले भने बदल्ने स्थित आउँदैन,” उनले भने, “मोटर चढ्दा दुर्घटना हुन्छ भन्दै मोटर चढ्न छाड्दैनौं । नीतिगत सिफ्ट गर्दा केही अप्ठेरा आउँछन् । तर, यो भन्दैमा पुराना नीति त्याग्न मिल्दैन ।” तर, परम्परागत नीतिलाई परिमार्जन गर्नुपर्ने कुरामा आफ्नो मत रहेको उनले बताए ।

मन्त्री शर्माले अर्थसास्त्र आफूलाई थाहा नभएपनि देशलाई आत्मनिर्भर बनाउने तरिका थाहा रहेको बताए । “देश आत्मनिर्भर नभएसम्म जनताले सवा सुविधा पाउँदैनन् भन्ने मलाई थाह छ,” शर्माले भने, “उद्योगीको भूमिका बिना त्यो सम्भव छैन भन्ने थाह छ ।”

https://singhadarbar.com/post/28652/

अर्कातर्फ आयातमा प्रतिबन्ध लाग्ला भन्ने त्रास व्यवसायीमा रहेको महसुस आफूले गरेको उनले बताए । “तर प्रतिबन्ध लगाउन मिल्दैन । स्वेदशी उत्पादनले प्रतिस्थापन गर्न भने मिल्छ,” उनले भने ।

नेपालले आफ्नो उत्पादनको अनुमान गर्न सक्नुपर्ने, उद्योगीले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्नुपर्ने उनले औंल्याए ।

विद्युतीय गाडीका लागि पूवाधार अभाव रहेको दाबी गर्दै उनले भने, “सबै पेट्रोल पम्पलाई चार्जिङ सुविधा पाउन गरी स्तरोन्नती गर्नुपर्छ । समानान्तर रूपमा दुवै सुविधा उपलब्ध गराउने वातावरणा बनाऔं ।” उनले सरकार शासन गर्न हैन, सेवा गर्न तयार रहेकाले सहकार्यमा लागि छलफल गर्न र मिलेर नीति बनाउन आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्