Shikhar Insurance
National Life

‘मेक इन नेपालः स्वदेशी’ अभियानको वेबसाइट र मोबाइल एप लन्च, हालसम्म ४० प्रोडक्ट आवद्ध

सिंहदरबार संवाददाता
२०७८ मंसिर २१, मंगलवार १६:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघले सुरू गरेको मेक इन नेपालः स्वदेशी अभियानमा ४० उद्योग आवद्ध भएका छन् । गत फागुनमा सुरू भएको अभियान बजेटमार्फत् सरकारी कार्यक्रममा पनि समावेश भइसकेकामा ४० उद्योगले उत्पादन गर्ने प्रोडेक्टमा स्वदेशी लोगो राख्ने तयारी गरिरहेका हुन् ।

नेपाल उद्योग परिसंघले स्वेदशी अभियान प्रवर्द्धन गर्न वेबसाइट तथा मोबाइल एप लन्च गर्न आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइयो । ती उद्योगहरूले सबै प्रक्रिया पुरा गरी अब बजारमा पठाउने उत्पादनमा स्वदेशी स्टिकर राख्न थालिएको परिसंघका अध्यक्ष विष्णु अग्रवालले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अग्रवालका अनुसार हाल शिवम्, घोराही सिमेन्ट लगायत सिमेन्टले विज्ञापनमा स्वदेशी स्टिकर प्रयोग गर्न थालिसकेका छन् ।

स्वदेशी अभियानलाई देशव्यापी बनाउनले परिसंघले स्वेदशी वेबसाइट तथा मोबाइल एप बनाएको हो ।

परिसंघका अध्यक्ष लग्रवालले मंगलबार मेक इन नेपाल कार्यक्रमलाई मुर्तरुप दिन बनाइएको वेबसाइट लन्च गरे भने मोबाइल एपको डेमो प्रस्तुत गरे ।

औद्योगिक उत्पादनले अर्थतन्त्रलाई चलायमान बनाउने महसुस गरेर परिसंघले गत फागुनमा मेक इन नेपाल अभियान सुरू गरेको हो ।

अभियानले वर्षमा डेढ लाख रोजगारी सिर्जना गर्ने, वर्षमा एक हजार उद्योग दर्ता गर्ने, ५ वर्षमा कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिने र निर्यात १ खर्बबाट बाट ४ खर्ब बनाउने लक्ष्य लिएको छ । नेपालीमा स्वदेशी उत्पादनमा आकर्षण सिर्जना गर्ने र औद्योगिक मैत्री वातावरण बनाउने अभियानको मुल उद्देश्य हो ।

सन् २००० मा उत्पादनमुलक उद्योगको जीडीपीमा योगदान ९ प्रतिशत रहेकामा अहिले ५ मा झरेको छ । यस्तोमा परिसंघले विदेशी सामानमा रहेको मोह कम गर्न स्वदेशी अभियान चलाएको हो ।

मेक इन नेपाल अभिायनमा गैंडासहितको ‘स्वदेशी’को लोगोले गुणस्तरीय उत्पादन, कम्तिमा २० प्रतिशत मूल्य अभिवृद्धि गरेको र उद्योगले सरकारका सबै नीतिगत व्यवस्था पालना गरी इथिकल बिजनेस गरेको भन्ने बुझिन्छ । यी सबै मापदण्ड पुरा गरेका उद्योगले आवेदन दिएपछि स्वदेशी लोगो प्रयोग गर्न पाउँछन् ।

“लोगो हेर्नेवित्तिकै गुणस्तरीय नेपाली उत्पादन भन्ने बुझिन्छ,” अध्यक्ष विष्णुप्रसाद अग्रवालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्