Shikhar Insurance
National Life

सेयर बजार बढ्ने क्रम एक दिन पनि टिकेन, नेप्से परिसूचकसँगै कारोबार रकममा भारी गिरावट

सिंहदरबार संवाददाता
२०७८ मंसिर २१, मंगलवार १५:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । लामो समय घटेर सोमबार बढेको नेप्से परिसूचक मंगलबार पुनः घटेको छ । सेयर बजार हरियो हुने क्रमले लय बिराएकामा सोमबार ३२ अंकले बढेपनि मंगलबार पुरानै लय समातेको हो ।

नेप्से परिसूचकमा भएको वृद्धि एक दिन पनि नटिकेको हो । सोमबार तीब्र उताचढाव बजार ३२ अंकले बढेको थियो । मंगलबार नेप्से अघिल्लो दिनको बढोत्तरीभन्दा बढी अंकले घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुईदिनमा नेप्सेले फरक प्रवृत्ती देखाएको छ । सोमबार कारोबार सुरु भएपछि भारी आएर नेप्से उकालो बाटोमा लागेको थियो । मंगलबार भने ठीक विपरित भएको छ । आज एक घण्टामा ४४ अंकको वृद्धिपछि नेप्से घटेको हो ।

समग्रमा नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ अंकमा आइपुगेको छ ।

मंगलबार कारोबारमा आएका ट्रेडिङ र म्युचुअल फन्डबाहेक सबै समूहगत उपसूचक घटेका छन् ।

बजार परिसूचक सँगै कारोबार रकम पनि भारी मात्रामा घटेको छ । सोमबार साढे ४ अर्ब नाघेको कारोबार रकम आज ३ अर्बमा सिमित भएको छ । नेप्सेमा ८३ लाख ३० हजार कित्ता सेयर ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँमा किनबेच भए ।

कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक सबैभन्दा अगाडि छ ।

आज कारोबारमा आएका १ सय ६० कम्पनीको सेयर मूल्य घट्दा २६ वटाको बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्