Skip to content
Shikhar Insurance
National Life

सपथ लिँदै सिभिल बैंकका अध्यक्ष पाण्डेले गभर्नरसामु भनेः मर्जरको ढोका खुल्ला छ

Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल बैंकको नवनियुक्त अध्यक्ष सञ्चालक प्रतापजङ्ग पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् । संचालक समितिको ३६२ औं बैठकबाट अध्यक्ष बनेका पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सपथ लिएका हुन् ।

बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतिवद्घता उनको छ । बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भैसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा राखे ।

बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा समेत राखे ।

GBIME

प्रतिक्रिया दिनुहोस्