Shikhar Insurance
National Life

उठाएको निक्षेपभन्दा दोब्बर कर्जा दिँदै वाणिज्य बैंक, सीडी रेसियो ९१.२४ % पुग्यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर २०, सोमबार १४:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरूको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९१.२४ प्रतिशत पुगेको छ । नेपाल बैंकर्स संघका अनुसार एक सातामा वाणिज्य बैंकहरूले निक्षेप विस्तारभन्दा दोब्बर गतिमा कर्जा विस्तार गर्दा सीडी रेसियो नेपाल राष्ट्र बैंकले तोकेको सिमाभन्दा निकै माथि पुगेको हो ।

केन्द्रीय बैंकले सीडी रेसियो ९० प्रतिशत कायम हुनुपर्ने सीमा दिएको छ । मंसिर १० गतेसम्म वाणिज्य बैंकहरूको सीडी रेसियो ९०.९३ प्रतिशत थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघबाट प्राप्त तथ्यांकअनुसार मंसिर १० गतेको तुलनामा १७ गतेसम्म निक्षेप साढे ६ अर्ब रूपैयाँले बढेर ४२ खर्ब २६ अर्ब ४ करोड रूपैयाँ पुगेको छ । वाणिज्य बैंकहरूले १० गतेसम्म कुल ४२ खर्ब १९ अर्ब ४९ करोड रूपैयाँ निक्षेप संकलन गरेका थिए ।

यस्तै कर्जाको विस्तार निक्षेपभन्दा दोब्बर गतिमा भएको तथ्यांकले देखाउँछ । यसबीचमा कर्जा विस्तार १४ अर्बबढीले भएको हो ।

१० गतेसम्म बैंकहरूले कुल ४० खर्ब ५५ अर्ब ६ करोड रूपैयाँ कर्जा दिएकामा १७ गतेसम्म बढेर ४० खर्ब ६९ अर्ब ३३ करोड रूपैयाँ पुगेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्